शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको रिहाइको माग गर्दा प्रधानमन्त्री ओली सरकारमा आउ भन्छन् : महन्थ ठाकुर

शनिबार, २४ माघ २०७७, १९ : ५३
शनिबार, २४ माघ २०७७

काठमाडौं  । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहायका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्न जाँदा आफूलाई सरकारमा आएर गठबन्धन बनाउन लालच दिएको बताएका छन् ।

आफ्ना पार्टीका नेता रेशम चौधरी लगयातका व्यक्तिहरु थुुनामा रहेको भन्दै उनीहरुको रिहाइका लागि आफू छलफल गर्न जाँदा प्रधानमन्त्री ओलीले सिधै सरकारमा आउन भनेको अध्यक्ष ठाकुरको भनाइ छ ।

यो अहिले मात्र नभइ जतिपटक उनीसँग कुरा गर्न जाँदा मन्त्री तथा सरकारको लोभ दिने गरेको उनले बताए । टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानले शनिवार आयोजना गरेको टिकापुर प्रकारणः विद्रोह, विभेद र विकल्प सवाल, संवाद र निकासको विषयमा आयोजना गरेको कार्यक्रममा उनले आफ्ना पार्टीका सांसद तथा नेता जेलमा रहनेका बेला पार्टी सरकारमा नजाने भन्दै पहिला उनीहरुलाई रिहाइ गरिए छलफल गरौला भनेर आएको बताए । 

'शासकहरु जहिले पनि आफूलाई विजय नै ठान्छन् र शासितमाथि शासन गरिरहेका छन् । दरवार हत्याकाण्ड बाहिरबाट भएको होइन, भित्रैबाट भएको हो, यसबाट पुष्टि हुन्छ कि शासकहरु कति क्रुुर हुन्छन् । देशको पोल्टिक्स जहिले पनि काटमारको पोल्टिक्स रह्यो,' उनले भने, 'शुरुदेखि आजसम्म हेर्नु हिंसा मात्र भएको छ । शासकले त्यही नजरले शासितलाई हेर्ने गरेका छन् ।' 

टीकापुरको घटना पनि त्यसैको उपज रहेको उनले बताए । टीकापुर घटनाको विषयलाई लिएर आफूले थुप्रै पटक सबै प्रधानमन्त्रीहरुलाई भेटेको बताउँदै अध्यक्ष ठाकुरले सबैले टीकापुरका थारुहरु निर्दोष भनेका तर उनीहरुलाई रिहाइ गर्न नचाहेको बताए ।

मैलेलाई हरेकलाई भन्दै आएको हुँ कि तपाईहरुको रवैयाले गर्दा मधेशीहरु तपाईहरुको हातबाट निस्केका छन् । यस्तै रह्यो भने मधेश पनि रहँदैन । तैपनि उनीहरु मुद्दाप्रति गम्भीर छैनन् । यस्तै नागरिक अगुवा दमननाथ ढुगांनाले टीकपुर घटना राष्ट्रिय सरोकारको विषय भएको भन्दै राजनीतिक रुपमै समाधान गर्नुपर्ने बताए ।

उनले भने, 'शुरुदेखि नै राज्य विभेदकारी छ, त्यसको मात्रा फरक फरक छन् तर विभेद सबैतिर रहेको छ । शासकले जहिले पनि शासक नै बन्न चाहने प्रवृतिले देशमा यस्तो खालको घटना हुने गरेका छन् ।'
 
टीकापुुरको घटनाबारे राज्यले बोल्न नचाहेको बताउँदै उनले टीकापुरको घटना राज्यले नै गर्न लगाएको र राज्यले नै त्यसलाई दवाउन खोजेको टिप्पणी गरे । राज्यले टीकापुरको घटनामाथि न्याय गर्ने हो भने जेलमा रहेका सबै निर्दोष थारुलाई छाड्नुपर्ने उनले बताए । 

थारु आन्दोलनमा सक्रिय भानुराम थारुले टीकापुरको घटनालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । टीकापुरको घटना विल्कुल राजनीतिक घटना भएको भन्दै त्यसलाई राजनीतिक पूर्वाग्रही रुपमा थारुहरुसँग दुुश्मनी साँधिरहेको बताए ।

अधिवक्ता सुरेन्द्र महतोले टीकापुरको घटना अस्वभाविक होइन, राज्यले यो घटना सुनियोजित रुपमा गराएको आशंका गरे । थारुहरुले शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेका बेला राज्यले त्यसलाई दवाउन खोज्दा त्यो विद्रोह भएको बताए ।

राज्य जहिले पनि शोषित, पीडितमाथि दमन नै गर्ने गरेको उल्लेख गर्दै उनले जब कुनै समुदाय वा क्षेत्रले राज्यमा आफ्नो हिस्सा खोज्छ अनि राज्यले उनीहरुमाथि दमन गर्ने गरेको बताए ।
 
टीकापुर घटनाको आरोपमा साढे तीन महिना थुनामा रहेका रामनरेश चौधरी रिहाइ भएका छन् । कार्यक्रममा उपस्थित चौधरीले भने, 'म पेसले शिक्षक हुँ, म घटना भएको दिन स्कूलमा थिए । घटनास्थलमै थिइनँ । तर प्रहरीले मलाई स्कूलबाट जबर्जस्ती समातेर लाग्यो र थुनामा राख्यो ।’

के कारणले आफूलाई समातेर ल्याएको भनि जिज्ञासा राख्दा प्रहरीले तिम्रो दोष भनेको तिमी थारु हौं त्यही भएर समातेर यहाँ ल्याएको भनि जवाफ दिएको बताउँदै उनले आफू घटना भएको दिन विद्यालयमा थिए त्यहाँको प्रमाणित हाजिक कापी देखाउँदै त्यही च्यातेर फालेको घटनाक्रम सुनाए ।

आफू विना कारण साढे तीन महिना थुनामा बसेको बताउँदै उनले राज्यले थारुमाथि गरेको अन्यायको नमूना थुप्र्रै रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप