शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको सालिनता र भद्रतालाई कमजोरी नठानियोस् : किरण गिरी

शनिबार, २४ माघ २०७७, १९ : ३२
शनिबार, २४ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण गिरीले काँग्रेसले गरिरहेको सालिन र भद्र आन्दोलनलाई कमजोरी नठान्न चेतावनी दिएका छन् । भ्रष्टाचार, बलात्कार र हत्या काण्डमा चुर्लुम्म डुबेको सरकारले स्वतन्त्र र निष्पक्ष चुनाब गराउने कुरामा बिश्वास नरहेको दाबी गर्दै गिरीले नेपाल कम्युनिस्ट पार्टीका कारण आज देश संवैधानिक र राजनीतिक संकटमा धकेलिएको बताए । 

उनले भने, 'आज एउटा कम्युनिस्ट बालुवाटारबाट र अर्को कम्युनिस्ट खुमलटारबाट मुलुक र जनतालाई धम्क्याउने काम गरोरहेको छ । नेकपाले आन्दोलनको नाममा  नेपाल बन्द र सडक अबरोध गर्ने काम गरिरहेका छ्न् , यसबाट जनताको जनजीवन कष्ट प्रद भइरहेको छ ।'

जनादेशलाई धोका दिने कम्युनिस्टहरुलाई अब जनताले नपत्याउने दाबी समेत गिरीले गरे । नेपाली काँग्रेसका १८ वटा शुभेच्छुक र पेशागत संगठनहरुले आज राजधानी आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै गिरीले नेपालमा कुनै पनि निरंकुशता र अधिनायकवाद नटिक्ने धारणा राख्दै राणा , राजा र पंचायतको निरंकुशता अन्त्य गरेको  काँग्रेसको आन्दोलन अगाडि नेकपाको अधिनायकवाद नटिक्ने दाबी गरे ।

यस्तै संसद विघटन , भ्रष्टाचार, असंवैधानिक कदमविरुद्ध  काँग्रेसले आयोजना गर्दै आएको आन्दोलन सशक्त र प्रभावकारी रहँदै आएको बताए ।गिरीले आन्दोलनमा देखिएको व्यापक जनसहभागिताले काँग्रेसप्रति आम जनताको भरोसा र बिश्वास बढ्दै गइरहेको बताए ।

काँग्रेसको नेतृत्वमा बनेको संविधान र परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्रको काँग्रेसले कुनैपनि हालतमा रक्षा र सम्बर्द्धन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । नेपाल राजनीतिक र संवैधानिक संकटमा पर्नुमा सिंगो नेपाल कम्युनिस्ट पार्टी जिम्मेवार रहेको उनले बताए ।

गिरीले आगामी दिनमा मुलुकको जिम्मेवार र भरपर्दो  नेपाली काँग्रेस जनमतबाट नै निर्णायक राजनीतिक शक्तिका रुपमा स्थापित हुने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप