आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पार्टीका कार्यकर्ता सदैव सत्यको पक्षमा उभिनुपर्छ : रामकुमारी  झाक्री

शनिबार, २४ माघ २०७७, १९ : १२
शनिबार, २४ माघ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले पार्टीका कार्यकर्ता सदैव सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन्। नेकपा दाहाल–नेपाल समूहले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उल्टो बाटोमा हिँडेको आरोप लगाइन् ।

उनले लोकतन्त्रको रक्षा र संबिधानलाई ट्रयाकमा ल्याउन, संसद पुनः स्थापनाको लागि छोटो तर अर्थपूर्ण आन्दोलन आवश्यक रहेको बताइन् । केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कम्युनिष्ट पार्टी अझै पनि एकढिक्का भएर अगाडि बढ्नुपर्ने र त्यसको विकल्प भनेको संसद् पुनःस्थापना भएको उल्लेख गरे। 

केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले संसद् पुनःस्थापनाको विरोधमा सबै दलबीच संयुक्त आन्दोलनको खाँचो रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप