राजधानीमा वर्षा, चन्द्रगिरीमा हिउँ परेपछि यसरी रमाए सर्वसाधारण (तस्बिरहरु)
शनिबार, २४ माघ २०७७, १८ : ३२
काठमाडौं उपत्यकामा शनिबार वर्षा भएको छ । मौसम विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । वर्षाका कारण राजधानीको तापक्रम घटेको छ भने चिसो महसुस भएको छ ।
यसैबीच वर्षासँगै राजधानीको चन्द्रागिरीमा हिमपात भएको छ । चन्द्रगिरी हिल्सका अनुसार चन्द्रागिरी र आसपासको क्षेत्रमा हिउँ परेको छ । चन्द्रागिरीमा हिउँ परेपछि सर्वसाधारण हिउँ खेल्न भन्दै पुगिरेहका छन् ।
वर्षेनी हिमपात भएसँगै केबलकारमार्फत चन्द्रागिरीमा पुग्नेहरु बढ्ने गर्छन् । आज पनि चन्द्रँगिरीमा हिउँ खेल्नैका लागि पुगेकाहरु रमाइरहेका देखिन्थे ।
विभागका अनुसार आज उपत्यकासहित बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा प्रदेश १ का अधिकांश भूभागमा पानी परिरहेको छ ।
विभागका अनुसार, मौसममा आइतवार मात्रै सुधार देखिने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना