आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

देशभर १९५९ जना सक्रिय संक्रमित, २४ घण्टामा ९९ थपिए

शनिबार, २४ माघ २०७७, १६ : १४
शनिबार, २४ माघ २०७७

बितेको २४ घण्टामा देशभर ९९ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित १९५९ जना रहेका छन् । 
यसैबीच देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । यस्तै मृतकको संख्या २०३५ पुगेको छ । 

हालसम्म कोरोना निको हुने प्रतिशत ९८.५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा २७९४ जनाको कोरोना परीक्षण भएको छ भने हालसम्म कुल परीक्षण संख्या २० लाख ९१ हजार १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप