मुक्त कमैया बस्तीमा राहत वितरण
शनिबार, २४ माघ २०७७, १४ : ४६
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित श्री लंकाशिविरमा रहेका मुक्त कमैया बस्तीलाई राहत सामाग्री वितरण गरेको छ ।
नेपाल प्रहरी श्रीमती संघ काठमाडौंले एक कार्यक्रमको आयोजना गरी सो शिविरलाई राहत सामाग्री वितरण गरेको हो ।
शिविरमा बसोबास गर्दै आएका १५० घरपरिवारलाई संघले खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो ।
राहत वितरण कार्य क्रममा धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख शुशिला मिश्र भट्ट, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष सिर्जना थापा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुबेदी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एबं प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रालगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै