बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

मार्क्सवादी स्कूल सञ्चालनः विनाशकाले विपरित बुद्वि

बुधबार, १८ असोज २०७४, २२ : ००
बुधबार, १८ असोज २०७४

‘एमाले कार्यकर्तालाई मार्क्सवाद सिकाउनु हुँदैन, मार्क्सवादी सिकायो भने तिनले निर्वाचनका सबै अस्त्र प्रयोग गरेर पार्टीलाई जिताउँदैनन् ।’ यी झण्डै साढे दुई दशकअघि नेकपा (एमाले)मेची अञ्चल इन्चार्ज देवराज घिमिरेले व्यक्त गरेका उद्गार हुन् । एमाले, माओवादी केन्द्रका कार्यकर्तालाई के शिक्षा दिने, के नदिने भन्ने निर्णय तिनै पार्टीले गर्ने हो । तर, साढे दुई दशकको अन्तरालमा एमाले उपमहासचिव घनश्याम भूसाल संयोजक रहेको कार्लमाक्र्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समिति गठन भएको र त्यसले दश हजार जनालाई माक्र्सवाद अध्ययन गराउने कुरा सार्वजनिक गरेपछि त्यस विषयमा सामान्य चर्चापरिचर्चा हुनु स्वभाविक हुन्छ । 

कार्यकर्तालाई माक्र्सवाद पढाउँदा चुनाव जित्न सकिदैन भन्ने मान्यताबाट अहिले पनि एमाले विचलित भएको देखिदैन । ऊ फिलिपिन्सको मार्कोस र हाम्रै पञ्चायती मन्त्री हेमबहादुर मल्लको चुनाव जित्ने फर्मुला अपनाएर पार्टीलाई दिग्विजयी गराउन चाहन्छ भन्ने कुराको दह्रो उदाहरण हो, २०५४ को स्थानीय निर्वाचन । त्यसबेला उसले देशका आधाजसो भागमा विपक्षीलाई उम्मेदवारी दर्ता गर्न नै दिएन, कतै सशक्त प्रतिपक्षी उम्मेदवारलाई अपहरण गर्ने, धम्की दिएर उम्मेदवारी छोड्न लगाउनेदेखि हत्या गर्नेसम्मका काम गरेर नेपालको चुनावी इतिहासमा एउटा नमेटिने कलंक लगायो । 

कार्यकर्तालाई माक्र्सवाद पढाएर त्यसको प्रमाणपत्र कसले दिने र पढेपछि रोजगारी पाउनुपर्छ भनेर सिकाउनेहरुले त्यसको ‘इकोभ्यालेन्ट’ कहाँ गराउने र त्यो प्रमाणपत्र देखाएर जागीर पाउने ?

शास्त्रीय माक्र्सवाद अध्ययन अध्यापनले निर्वाचन जित्ने होइन, त्यसले बुथ कब्जा गर्ने एमाले–माओवादी शैलीको परिकल्पना गरेको छैन । बरु शक्ति प्रयोग गरेर सत्ता कब्जा गर्ने कुरा माक्र्सवादी कार्यक्रमको गुदी हो । माक्र्सको दुईसय वर्षको जन्मजयन्ती मनाउनेहरुले आफ्नो पाठ्यक्रममा यी सवाललाई कसरी समावेश गरेका छन् ? कार्लमाक्र्सको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्तलाई नै शास्त्रीय माक्र्सवादको आधार स्तम्भ मानिएको छ । तर अहिले चर्चामा आएका र लोकप्रिय बनेको माक्र्सवाद चाहिँ जीवित, प्रभावकारी र लोकप्रिय बनाइराख्ने आधार हो । अर्थात् माक्र्सवादको आत्मा मानिएको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद आजको दुनियाँमा चर्चा हुने साम्यवादको अंग होइन । केही कर्मकाण्डी अध्येयताबाहेक संसारभरिका अधिकांश कम्युनिष्ट कार्यकर्तालाई त्यसको ज्ञान शून्य छ । 

इन्टरनेटको युगमा मान्छेले समाज विकास र परिवर्तनका झन्झटिला नियम कण्ठ गरेर बस्दैन । छिनछिनमा दुनियाँका सारा सूचना थाहा पाउन उत्सुक युवा पुस्तालाई माक्र्सवादी शिक्षा प्रदान गर्नु नराम्रो कुरा नहोला तर, त्यो कष्टसाध्य कार्य भने अवश्य हो । माक्र्सवादले आज पनि दुनियाँको सबभन्दा ठूलो संख्यामा रहेको पछौटेपना, शोषण–दमन जस्ता समस्याबाट मुक्त गर्न सक्छ भन्ने भ्रम अझै छ । तर यथार्थ त्यसको विपरीत देखिन्छ । माक्र्सवाद अर्थात् साम्यवाद एउटा सुन्दर परिकल्पना मात्र बन्न पुगेको छ । साम्यवादको नाममा संसारमा जहाँजहाँ सत्ता कब्जा भयो र शासन सञ्चालन गरियो, त्यहाँ त्यहाँ जनतालाई अधिकारविहीन बनाइयो, भेदभाव गरियो र शोषणको रुप बदलेर तीब्र पारियो । चाउचेस्कोको दर्दनाक पतनले आधुनिक माक्र्सवादीलाई एउटा राम्रो पाठ सिकाएको छ । बन्द समाजमा पक्षपाती रहेका कम्युनिष्ट सरकारहरुले तिनको शासनका गुह्य कुरा त्यहीँ दबाएर राखे, सार्वजनिक हुन दिएनन् । जसले गर्दा तिनको बाहिरी आकर्षण दुनियाँले थाहा पायो । यथार्थ र विकृत कुराबाट संसार अनभिज्ञ नै रह्यो । 

ढिलाचाँडो सारा दुनियाँले वास्तविकता बुझे । परिणामस्वरुप एकसय वर्षभन्दा अघि स्थापित कम्युनिष्ट सत्ता तासको घरझैं गल्र्यामगुर्लुम ढल्यो । अहिले शास्त्रीय माक्र्सवादले परिकल्पना गरेको र लेनिनले प्रयोगमा ल्याएको साम्यवादी मोडलको व्यवस्था पूर्णतः पतन भएको छ । माक्र्सवाद पढाउने पण्डितहरुले अबको पुस्तालाई त्यस सम्बन्धमा कस्तो शिक्षा दिन चाहेका हुन् ? सूचना, विज्ञान–प्रविधिले वर्ग संघर्षको कुन चाहिँ परम्परागत शैली, ढाँचा र रुपलाई प्रयोग सहज बनाएको छ । मध्ययुगिन सामन्तवादको युगमा माक्र्सवाद जन्मेकै थिएन । पूँजीवादी युगमा जन्मेको माक्र्सवादले समाजमा व्याप्त  चरम शोषण, दमन, उत्पीडनबाट मुक्तिको कल्पना ग¥यो । तर आजको युग न त सामन्तवादी न त माक्र्सले परिभाषा गरेजस्तो उत्पादित माल र श्रमको संयोजनबाट लाभ लिने पूँजीवादी युग नै हो । यो युगलाई अर्थशास्त्रीहरुले वित्तीय पूँजीवादी युगको रुपमा चित्रण गर्ने गरेका छन् । तर अब वित्तीय पूँजीवादको आयु पनि लामो देखिदैन । विज्ञानको चमत्कारको रुपमा विकसित प्रविधिले मानव जीवनलाई जति सहज बनाएको ठानिदैछ, त्यति नै जटिल गराउँदै लगेको प्रष्ट देखिदैंछ । युग परिवर्तनसँगै पुराना दर्शन, वाद, सिद्धान्त पनि नकाम हुँदै जान्छन् । मार्क्सवाद मात्र त्यसको अपवाद हुन सक्दैन । 

काउत्सकीको मार्क्सवादले लेनिनको माक्र्सवादसँग पट्री खाएन र उनले गद्दार काउत्सकी लेखे । स्टालिनको मार्क्सवादसँग ट्रटस्कीको मार्क्सवाद नमिल्दा ट्रटस्की अमेरिका पुगेर मर्नुप¥यो । माओ, लिलिशान, छान्तेस्यु, चाङको थाओेको मार्क्सवादमा कतै एकरुपता छैन । भारतमा वसु, नमुदरीपादको मार्क्सवादसँग सहमत हुन नसकेपछि चारु मजुम्दारले विद्रोहको झण्डा उठाए ।

यस्तो अवस्थामा नेपालका दशतिर फर्किएका दशवटा कम्युनिष्ट नामधारी समूहले कार्यकर्तालाई काम दिन माक्र्स जयन्ती मनाउने, माक्र्सवाद अध्ययन गराउने भन्नु हाँस्यास्पद मात्र हुन्छ । भौतिकवादमा विश्वास गर्ने कम्युनिष्टले माक्र्स जयन्तीकै सन्दर्भ पारेर किन कार्यक्रम गर्नु प¥यो ? यस्ता कार्यक्रम अघिपछि पनि वर्षैभरि गरिरहे हुन्छ । कार्यकर्तालाई माक्र्सवाद पढाएर त्यसको प्रमाणपत्र कसले दिने र पढेपछि रोजगारी पाउनुपर्छ भनेर सिकाउनेहरुले त्यसको ‘इकोभ्यालेन्ट’ कहाँ गराउने र त्यो प्रमाणपत्र देखाएर जागीर पाउने ? जागिरे प्रवृत्तिको शिक्षाको बाहुल्यता रहेको आजको समाजमा पाउन लागेको रोजगारी पनि यस शिक्षाले खुस्किने सम्भावना बढाउन सक्छ । इन्डोनेसियामा एकताका कम्युनिष्ट भनेपछि सात पुस्तासम्मले जागिर नपाउने स्थिति थियो । पश्चिमा नजरमा खतरनाक रहेको यस्तो मार्क्सवाद कसले पढ्ने र कसले पढाउने ? 

कतैबाट राम्रो बजेट आयो भने होटल–रिसोर्टहरुमा गोष्ठी, सेमिनार गर्ने, मोजमस्ती गर्ने, भत्ता पचाउने हिसावले कार्यपत्र तयार पार्ने, प्रस्तुत गर्नेसम्म स्वभाविक भए पनि दश हजारलाई माक्र्सवादी शिक्षा दिने कुरा सहजै सम्भव हुँदैन । अहिले माक्र्सवादका अनेक भाष्य छन् । काउत्सकीको माक्र्सवादले लेनिनको माक्र्सवादसँग पट्री खाएन र उनले गद्दार काउत्सकी लेखे । स्टालिनको माक्र्सवादसँग ट्रटस्कीको माक्र्सवाद नमिल्दा ट्रटस्की अमेरिका पुगेर मर्नुप¥यो । माओ, लिलिशान, छान्तेस्यु, चाङको थाओेको माक्र्सवादमा कतै एकरुपता छैन । भारतमा वसु, नमुदरीपादको माक्र्सवादसँग सहमत हुन नसकेपछि चारु मजुम्दारले विद्रोहको झण्डा उठाए । 

चियाङचिङसँग सहमत हुने र नहुने थुप्रै पार्टी नेपालमा आजपनि अस्तित्वमा छन् । बबअबोकिनलाई सीआईएको एजेन्ट मान्ने र महान् कम्युनिष्ट मान्ने दुवैथरिको तर्क सुनेर धेरैका कान पाक्न लागिसके । अनवर होक्जाले ख्रुश्चेवलाई प्रतिक्रान्तिकारी भन्दा मत मिलेका माओ लामो समय एउटै बाटोमा यात्रा गर्न सकेनन् । हाम्रै सन्दर्भमा पनि पुष्पलाल र केशरजङ्गका दुई भिन्न स्कुलिङ थिए । मोहनविक्रमले गद्धार पुष्पलाल लेखेपछि अर्को स्कुल अफ थर्ट पनि थपियो । माक्र्सले पेरिस कम्युनको घट्नापछि सर्वहारावर्गको अधिनायकत्वको अनिवार्यताको पक्ष लिए । त्यो माक्र्सवादको अभिन्न अंग हो । अहिले एमाले र माओवादी केन्द्र समेतका पार्टी सर्वहारा अधिनायकत्वको पक्षमा छैनन् । तर मोहनविक्रम, मोहन वैद्यहरु विचारको हिसावले त्यसैको पक्षमा छन् ।

माक्र्सवादभित्र संशोधनवाद, नवसंशोधनवाद, जडसूत्रवाद, उग्रवाद, अराजकतावाद जस्ता शाब्दिक भड्कावहरु थुप्रै छन् । भड्कावमा फसेकाले त्यसैलाई माक्र्सवादको सही रुप ठाने पनि अरुको नजरमा त्यो भड्काव नै हुन्छ । भूसालको माक्र्सवादले सिंह, वैद्य र चन्दको मार्क्सवादलाई जडसूत्रवाद, उग्रवाद, अराजकतावाद मान्छ भने सिंह–वैद्यको माक्र्सवादले भूसालकोलाई दक्षिणपन्थी संशोधनवाद र विसर्जनवाद देख्छ । 

अब माक्र्सवाद पढाउने गुरुहरुले कसको भाष्यमा आधारित रहेर शिक्षा दिने ? यो अत्यन्त अप्ठेरो र अन्यौलको विषय हो । एमालेलगायतका पार्टीले अहिले पनि चीन, कोरिया, भियतनाम, क्युवालाई साम्यवादी शासन प्रणालीकै रुपमा मान्यता दिएका छन् । मसाल लगायतका पार्टीले तिनलाई पूँजीवादी मानेका छन् । ख्रुश्चेवको शान्तिपूर्ण संक्रमण र माओको सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने विपरीत दिशाका यात्री रहेका माक्र्सवादीहरु कसरी एकै थलोमा बसेर दीक्षित हुन सक्छन् । 
अतः दशथरि कम्युनिष्ट एकै ठाउँमा भेला भएर बनाएको माक्र्स जयन्ती समारोह समितिले कुनै आइएनजीओबाट राम्रो प्रोजेक्ट ल्याएर गोष्ठी–सेमिनारहरु गर्न सक्छ तर माक्र्सवादी शिक्षा दिएर नयाँ माक्र्सवादी विद्यार्थी तयार पार्न सम्भव छैन ।

मार्क्सवादकै प्राधिकार दावी गर्ने नेत्रविक्रम समूह र माक्र्सवादको गाइडलाइनमै चलेको दावी गर्ने मानन्धर समूह एकै ठाउँमा बसेर पढ्ने र पढाउने कुरा कसरी सम्भव हुन्छ ? त्यसरी सञ्चालन गरेको पढाइको कुनै औचित्य पनि रहँदैन । औचित्यपूर्ण रुपमा कुरा गर्ने हो भने कुनै पनि दर्शनको अध्ययन कसैको रुचीभित्र पर्ने कुरा हो । रुची भयो भने कसैले नपढाए पनि उसले त्यसलाई पढ्छ । तर लाद्ने हिसाबले होइन ।  पढ्ने र पढाउने पक्षको बुझाई व्याख्या–विश्लेषणमा पनि एकरुपता हुनु प¥यो । तब पढ्नु–पढाउनुले अर्थ राख्छ । बौद्धिक विलाश र प्रचारबाजीको हिसावले चलाइएको पठनपाठनको सन्दर्भ उठाउँदा एमाले र माओवादीलाई देवराज घिमिरेले भनेझैं चुनाव हराउने काम मात्र गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रभुनारायण बस्नेत
प्रभुनारायण बस्नेत
लेखकबाट थप