मोटोपनाका कारण ट्रोल हुन थालेकी थिइन् नेहा धुपिया, लकडाउनका बेला घटाइन् यति किलो तौल

बलिउड नायिका नेहा धुपियाको तौल गर्भावस्थामा निकै बढेको थियो र यतिबेला थुप्रै मानिसहरुले उनीमाथि कमेन्ट गरे र अब उनको करियर रोकिने भन्दै विभिन्न टिका टिप्पणी पनि गर्न थाले । यद्यपि, नायिकाले यो समयमा उनका श्रीमान् निकै सहयोगी भएको बताइन् ।
नेहाले हालै एक भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा गर्भावस्थाका बेला शरीरमा आउने परिवर्तनबारे कुरा गरिन् । उनले भनिन्, ‘तपाईंले आफूभित्र एउटा सुन्दर जीवनलाई हुर्काइरहनुभएको हुन्छ तर यो जीवन जब अचानक बाहिर आउँछ तब तपाईं आफैंलाई हेरेर निकै अचम्मित महसुस गर्नुहुन्छ । मानिसरुको नजरमा रहनु, गर्भावस्थाका बेला तौल नबढ्ने भाग्य सबैको हुँदैन । मेरो तौल २३–२५ किलोसम्म बढेको थियो ।’
नेहाका अनुसार उनले लकडाउनको ८ महिनामा २१ किलो तौल घटाइन् । नेहाले भनिन्, ‘मानिसहरुले मेरो मोटोपनाका साथै मेरो करियरसम्म कमेन्ट गर्न सुरु गरेका थिए ।’ यद्यपि, उनले नकारात्मक टिप्पणी आफूमाथि हावी हुन दिइनन् र लकडाउनमा एकपटक पुनः सेपमा आइन् ।
नेहाले भनिन्, ‘लकडाउनमा मैले जे जति काम गरेँ त्यसमा एउटा अरुको कुरा सुनेर चिन्तित नहुनु पनि थियो । मैले ८ महिनामा २१ किलो तौल घटाएँ ।’
स्मरण रहोस्, नेहा धुपियाले सन् २०१८ मे १० मा गोप्य तरिकाले अंगद बेदीसँग विवाह गरेकी थिइन् । त्यसको ६ महिनापछि १८ नोभेम्बर सन् २०१८ मा उनकी छोरी मेहरको जन्म भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म