इतिहासमा आजः चन्द्रमामा खेलिएको थियो गोल्फ, स्पेस सूटमा लुकाएर लगिएको थियो गोल्फ स्टिक र बल

मिति थियो ३१ जनवरी सन् १९७१ र दिन थियो आइतबार । अमेरिकी स्पेस एजेन्सी नासाले आफ्नो आठौं मून मिसन अपोलो–१४ लञ्च गर्यो । यो मिसनमा एलन शेफर्ड, स्टुअर्ट रुसा र एडगर मिशेल थिए । अपोलो–१४ ले एक हप्तापछि फेब्रुअरी ६ सन् १९७१ मा चन्द्रमाको सतहमा अवतरण गर्यो । अवतरण गरेपछि एलन शेफर्डले चन्द्रमाको जमिनमा गोल्फ खेले ।
वास्तवमा एलन शेफर्ड गोल्फर थिए । शेफर्डले आफूसँग गोल्फ स्टिक र गोल्फको बललाई स्पेट सूटमा लुकाएर लिएर गएका थिए । चन्द्रमाको सतहमा अवतरण गरेपछि शेफर्डले आफ्नो सबै काम पूरा गरे र चन्द्रमामा गोल्फ खेले । उनले दुई बल हाले, त्यसमध्ये एउटा चन्द्रमाको सतहमा खस्यो, यसललाई जेवेलिन कार्टर नाम दिइयो । यससँगै शेफर्ड चन्द्रमाको जमिनमा गोल्फ खेल्ने पहिलो व्यक्ति बने ।
अपोलो–१४ मिशन ९ दिन २ मिनेटको थियो । चन्द्रमाको जमिनमा शेफर्ड र एडगर मिशलले ९ घण्टा २४ मिनेट बिताएका थिए । शेफर्ड र मिशेलले चन्द्रमाबाट करिब ४२ किलो माटो र चट्टान लिएर आएका थिए । यसमा ४५० किरोड वर्ष पुरानो क्रिस्टेलाइन रकको नमूना पनि थियो जुन सेतो रङको थियो ।
एलिजाबेथ–II बेलायतकी महामारी बनेको ६९ वर्ष पूराः
एलिजाबेथ –II बेलायतकी महारानी बनेको आज ६९ वर्ष पूरा भएको छ । उनले आजकै दिन सन् १९५२ मा बेलायतको गद्दी सम्हालेकी थिइन् । त्यतिबेला उनी २६ वर्षकी थिइन् । २१ अप्रिल सन् १९२६ मा एलिजाबेथ अलेक्जेन्ड्रा मेरीको जन्म भएको थियो । सन् १९३६ मा उनका पिता किङ जर्ज–VI गद्दीमा बसेका थिए । एलिजाबेथ १८ वर्षको उमेरमा दोस्रो विश्वयुद्धका बेला सेनामा ड्राइभर बनिन् । सन् १९४७ मा उनले फिलिप माउन्टबेटनसँग विवाह गरिन् । सन् १९५२ मा केन्यमा उनका पिताको अचानक निधन भयो । तत्पश्चात् एलिजाबेथलाई बेलायतकी महारानी घोषित गरिएको थियो । २ जून सन् १९५३ मा उनको राजतिलक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान