शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा २४ घण्टाभित्र एक हजार १४ को मृत्यु, १९ हजार बढी संक्रमित

शनिबार, २४ माघ २०७७, ०० : ५३
शनिबार, २४ माघ २०७७

लन्डन । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बेलायतमा पछिल्लो २४ घन्टामा थप १०१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमणका  कारण ज्यान गुमाउनेको संख्या एक लाख ११ हजार २६४ पुगेको छ । मृतक संख्याका आधारमा बेलायत विश्वको  पाँचौं स्थामा पर्दछ ।

यसैगरी शुक्रबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १९ हजार ११४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ११ हजार ५७३ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ । हाल बेलायतमा कोरोना संक्रमण दरको सूचक मानिने ‘आर” नम्बर ०।७ र १ को बीचमा रहेको छ ।

करिब एक करोड १० लाखले लगाए कोरोनाको खोप

शुक्रबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एक करोड ९ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड ९ लाख ७१  हजार ४७ जनाले खोपको पहिलो डोज लिएका छन् ।

जसमध्ये पाँच लाख पाँच हजार ९९३ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा ५० वर्ष माथिका सबैलाई आउँदो मेभित्रमा कोरोना विरुद्धको खोप दिईसक्ने बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि प्रथामिकताका आधारमा विभिन्न नौ वटा समूहमा विभाजन गरी खोप वितरण गरिने बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप