पाकिस्तानी प्रधानमन्त्री खानले राखे भारतसँग वार्ताको प्रस्ताव

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ताको प्रस्ताव राखेका छन् । काश्मिर एकता दिवसका अवसरमा प्रधानमन्त्री खानले भारतसँग वार्ताको प्रस्ताव राखेका हुन् । प्रधानमन्त्री खानले भारतले काश्मिरको मुद्दा सुल्झाउन इमान्दारिता देखाएमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव अनुसार आफुहरु दुई कदम अघि बढ्न तयार रहेको बताए ।
प्रधानमन्त्री खानले सामाजिक सञ्जालमार्फत आफुहरुको स्थिरता र शान्तिको चाहानालाई कमजोरीका रुपमा नलिन समेत आग्रह गरेका छन् । खानले भनेका छन्ः ‘म यो कुरा दोहोर्याउन चाहान्छु कि काश्मिरीहरुको आत्मनिर्णयको अधिकारका लागि पाकिस्तान दृढ अडानमा छ । हामी काश्मिरमा शान्तिको बाटोमा अगाडि बढ्न र काश्मिरीहरुको चाहना पुरा गर्न तयार छौं ।’
पाकिस्तानी प्रधानमन्त्री खानले भारतसँग पहिलोपटक वार्ताको प्रस्ताव भने राखेका होइनन् । यसअघि पनि उनले वार्ताका प्रस्ताव भने राख्दै आएका छन् । पाकिस्तानले हरेक वर्ष फेब्रुअरी ५ मा काश्मिर उकता दिवस मनाउँदै आएको छ । यस दिन पाकिस्तानमा सार्वजनिक विदा समेत हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध
-
ब्रिटिस लाहुरे बन्ने सपना थियो, समयले खेलाडी बनायो
-
समीकरण यस्तो भए अझै पनि सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान
-
उखान सुनाउँदै संसद्मा पौडेलले उठाए कुलमानको विषय
-
एमसीसी कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल
-
'पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्छ'