जर्मनीमा ६० हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु

एजेन्सी । जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले शुक्रबार जानकारी गराएको छ । इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या ८५५ रहेको र अहिलेसम्म कूल ६० हजार ५९७ व्यक्तिले महामारीबाट ज्यान गुमाएका हुन् ।
उक्त अवधिमा जर्मनीमा सङ्क्रमितको सङ्ख्या १२ हजार ९०८ रहेको छ भने अहिलेसम्म कोभिड सङ्क्रमित भएका विरामीको सङ्ख्या २२ लाख ६४ हजार ९०९ पुगेको छ । जर्मनीमा महामारी सुरूभएपछि अहिलेसम्म २० लाख व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् ।
विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ मा कोभिड–१९ को सङ्क्रमणले विश्वव्यापी महामारीको रूप लिएको घोषणा गरेको थियो । अहिलेसम्म विश्वभर १० करोड ४० लाख ८० हजार व्यक्ति सङ्क्रमित भइसकेका छन् भने विश्वभर २२ लाख ८० हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि छलफल जारी
-
२०८१ चर्चित ५ गीत : ‘म त ढलेँ ढलेँ’ र ‘दुश्मन हेरेको हेर्यै’ ततायो बजार
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउनेगरी भएको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा रिट
-
युक्रेनको सुमी सहरमा रुसी मिसाइल आक्रमण, २१ जनाको मृत्यु
-
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो