शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला फेरि पनि पक्राउ

शुक्रबार, २३ माघ २०७७, २० : ०३
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । प्रतिबन्धित (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएपनि प्रहरीले फेरी उनलाई पक्राउ गरेको छ । 

पुस २९ मा प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नख्खु स्थित एनसेल मुख्यालय अगाडी गराएको बम विष्फोट तथा ज्यानमुद्धा अगाडि बढाएको थियो । 

धमेन्द्र पत्नी हिमा बास्तोलाले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले उनलाई बिहिबार छाड्न आदेश गरेको थियो । सर्वेच्चका रजिष्टार र बारका अध्यक्षको रोहबरमा छुटेका उनलाई प्रहरीले भने छाडेको छैन् । 

बिहिबार पुनः पक्राउ गरेर प्रहरीले उनलाई महानगरीय प्रहरी वृत कमलपोखरीको हिरासतमा थुनेको थियो । 

शुक्रवार जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि प्रहरीले फेरी उनलाई पक्रेको छ । बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरातसमा राखिएको छ । 

पुराना मुद्दम बाँकी रहेकाले उनलाई फेरी पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले रातोपाटीलाई बताए । उनले भने–‘महाराजगञ्ज क्षेत्रमा भएको विष्फोटको घटमा संलग्नता बारे अनुसन्धान भइरहेको छ ।’ 

बसुन्धारा स्थित वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा ०७६ फागुन २४ मा भएको विष्फोटको घटनामा बास्तोला संलग्न रहेको प्रहरीको दाबी छ । 

अदालतबाट उनिविरुद्ध म्याद जारी भएको छ । बास्तोला विप्लव समूहका तेस्रो बरियताका नेता हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप