शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

डिशहोमको ‘डिलर दाइको डिस्काउन्ट अफर’अन्तर्गत ८८ जनाको हातमा पर्यो १/१ लाख

शुक्रबार, २३ माघ २०७७, १८ : ४६
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिशहोममा डिलर दाईको डिस्काउन्ट अफर ८८ जना ग्राहकले जितेका छन् । 

अफर जित्ने  ८८ जना ग्राहकले नगद एक लाखका दरले रकम हात पारेका छन् । यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिजार्च रकममा आकर्षक छुट पाएका छन् । जसले गर्दा ग्राहकले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्राप्त गरेका छन् । २ फागुन २०७६ देखि सञ्चालित ‘डिलर दाइको डिस्काउन्ट अफर’को समयावधि अन्तिम चरणमा पुगेको छ । आगामी २९ माघसम्मका लागि मात्र यो अफर लागू हुने डिशहोम नेटवर्कले जनाएको छ । 

नेपालभरका डिशहोमका डिलरहरुमार्फत फन्ड ट्रान्सफर वा अनलाइन प्रणालीबाट बार्षिक रिचार्ज गरेबापत ‘विक्ली लक्की ड्र’ मा सहभागी हुने अवसर डिशहोमले दिएको छ । फन्ड ट्रान्सफरबारे आधिकारिक जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैका डिलर वा डिशहोम ग्राहक केन्द्रमा सिधै सम्पर्क गर्न सकिने डिशले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप