एससीटी र ग्लोबल आईएमई बैंक बीच ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन सेवा संचालन गर्ने सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ग्लोबल आईएमई बैंक बीच सम्झौता भएको छ । एससीटीले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहँुच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसनमार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आईएमई बैंक लिमिटेडसँग सम्झौता गरेको जनाएको छ ।
एससीटीले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याइको यस उपकरणमा मोबाइल बैंकिङ्ग, ई–बैंकिङ्ग, सेल्फ बैंकिङ्ग, स्मार्ट क्यूआर र कार्डमार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् ।
यसबाट ग्लोबल आइएमई बैंकका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो÷छरितो, मितव्ययी र सरल ढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहँुच हुनेछ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने छ ।
परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैंकिङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म