आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको पुत्ला दहन

शुक्रबार, २३ माघ २०७७, १८ : ४२
शुक्रबार, २३ माघ २०७७

सप्तरी । प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपा सप्तरीले प्रधानमन्त्री केपी ओलीको पुतला दहन गरेको छ । प्रचण्ड  नेपाल नेतृत्वको नेकपाले बिहीवार गरेको  नेपाल बन्दको क्रममा जनकपुर, काठमाडौं सहित देशको विभिन्न भागमा भएको प्रहरी दमनको विरोधमा शुक्रबार ओलीको पुल्ला दहन गरेको हो ।

 जनकपुरमा प्रहरीको दमनबाट मातृकाप्रसाद यादव र  रामचन्द्र झासहितका नेताहरु घाइते भएका थिए । उनीहरु हत्या गर्ने योजनाले गोलि प्रहार गर्दै निर्घात कुटपिट गरेको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको नेकपाले जनाएको छ ।

पुल्ला दहन पश्चात् भएको कोण सभामा प्रदेश सभा सदस्य महेश प्रसाद यादव, मजद्र नेता केदार देव, युवा नेता निरञ्चन झा लगायतका नेताहरुले  प्रहरी दमनको बिरोध गर्दै अनुसन्धान गर्न समेत माग गरेका छन् । पुत्ला दहन पहिले नेकपाले राजविराज नगरको परिक्रमा समेत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप