शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीसँग जुहारी खेल्न चाहान्नः सभामुख सापकोटा

शुक्रबार, २३ माघ २०७७, १६ : ३३
शुक्रबार, २३ माघ २०७७

काठमाडौँ । सभामुख अग्नी सापकोटाले प्रधानमन्धी केपी शर्मा ओलीले लगाएको आरोपको प्रतिवाद नगर्ने बताएका छन् । शुक्रबार संघीय संसद सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख सापकोटाले संसद विगठनको असाधारण अवस्थामा प्रधानममन्त्री ओलीसँग जुहारी खेलेर बस्ने समय नभएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीलाई जवाफ फर्काएर आफ्नो मौलिकता र विशेषतालाई कमजार बनाउन नचाहेको भन्दै सापकोटाले भने, ‘म जुहारी खेल्न चाहान्न । म त्यसको अधिकतम हितमा रहेर आफ्नो बुद्धि, विवेक, योग्यता र क्षमता प्रयोग गर्न चाहान्छु ।’

‘मन्त्रीहरुको शपथको समयमा राष्ट्रपति कार्यालयबाट निम्तो आयो । मैले राष्ट्रपति कार्यालय र सरकारको बीचमा अन्तर हुनसक्छ भन्ने धेयले गएको थिएँ । तर, हालै भएको संवैधानिक नियुक्तीको शपथ ग्रहणमा जानु सरासर गलत भएकाले गइँन । यदि त्यो शपथ ग्रहणमा गएको भए मैले सभामुखको जिम्मेवारी पालन नगरेको ठहर हुने भएकाले पनि शपथ ग्रहण कार्यक्रममा म अनुपस्थित भएको हुँ,’ सापकोटाले भने ।

उनले अब संसद बैठक बोलाउनुहुन्छ कि हुँदैन भन्ने पत्रकारको जवाफमा आफू वृहत छलफलमा रहेको जानकारी दिँदै उनले भने, ‘राष्ट्रिय जीवनका अनुभवी व्यक्तिहरु र राज्यको संवैधानिक निकायका प्रमुखहरु, पूर्व प्रधानन्यायाधीहरुसँग विस्तृत सल्लाह गरेर त्यसैको आधारमा अगाडि बढ्ने जानकारी गराउँन चाहान्छु ।’

उनले देश भयानक अध्यारो सुरुङभित्र जाँदै गरेको अवस्थामा २७५ जना सांसद र जनताले दिएको अधिकार प्रयोग गर्दै जतिसक्दो चाँडो देश र जनताको भलो हुने निर्णय गर्ने समेत जिकिर गरे ।

उनले विवेकको आधारमा सत्यको खोजी गर्नुपर्ने समय आएको बताए । देश र जनताको हितमा अधिकतम सही निर्णयलाई नै कार्यान्वयन गरिने समेत उनले बताए ।

प्रचण्ड माधवको सल्लाह र उनीहरुको फाइदाका लागि विभिन्न कार्यहरु गरेको आरोपको खण्डन गर्दै उनले जनता र देशका लागि खाएको कसमप्रति प्रतिवद्ध रहेको र कुनै पनि समूह वा व्यक्तिका लागि कुनै पनि कार्य नगर्ने जिकिर गरे ।

संसद विघठन भएको ४३ दिनपछि मात्रै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका सापकोटालाई के कुरेर बस्नुभएको थियो भन्ने पत्रकारको जवाफमा उनले छलफलमा रहेकाले अचानक कुनै पनि निर्णन नलिएको स्पस्ट पारे ।

सभामुख सापकोटाले शुक्रबार बिहान संवैधानिक नियुक्ती विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन् । उनको रिटमाथि माघ २५ गतेलाई पेशी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप