शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिडियाखानामा थुन्ने चेतावनीपछि भीम रावलले भने, ‘पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना’

शुक्रबार, २३ माघ २०७७, १५ : २४
शुक्रबार, २३ माघ २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवलाय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले असंवैधानिक कदम विरुद्ध आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने अभिव्यक्ति दिएको विरुद्ध नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य भीम रावलले आपत्ति जनाएका छन् ।


उनले गृहमन्त्री थापाको अभिव्यक्तिपछि गरेको ट्वीटमा गृहमन्त्रीको भाषयाले प्रधानमन्त्री ओली निरकुंश पंचायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दिवा सपना देखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन, ‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रम ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ । निरंकुशतन्त्र ढल्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप