हिन्दू राष्ट्र घोषणाको चर्चामा ओलीले के भने ?
शुक्रबार, २३ माघ २०७७, १५ : १४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू, पार्टी र सरकारबारे विभिन्न भ्रम फैलाइएको बताएका छन् । उनले नारायणहिटी अगाडि आयोजित सभामा भने, ‘विभिन्न प्रकारका भ्रमहरु फिँजाएका छन् । कहिले केपी ओलीले आजको सभा केका लागि भनेर हिजोसम्म पनि भन्दै थिए, आज बिहानसम्म पनि लैनचौरको बाटोमा हिँड्नेहरुले भन्दै थिए । राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले । जो केपी ओली आधा दशकभन्दा बढी समय गणतन्त्रका लागि लड्यो । लोकतन्त्रका लागि लड्यो । आधाभन्दा बढी समय समानता र न्यायका लागि लड्यो। त्यो केपी ओलीले राजतन्त्रले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ?’
उनले आफूहरुले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै त्यसलाई कसैले तलमाथि गर्छु भनेर नसोच्न आग्रह गरे । उनले गणतन्त्रको कार्यान्वयन गरेर अघि बढ्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म