शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मंगल ग्रह अभियानमा धक्का, अर्बपति एलन मस्कको सपना अझै लम्बिने

शुक्रबार, २३ माघ २०७७, १४ : ४८
शुक्रबार, २३ माघ २०७७

मंगल अभियानका लागि द्रुत गतिले काम गरिरहेका विश्वकै शीर्ष धनाढ्य एलन मस्कको कम्पनी 'स्पेस एक्स'लाई असफलता ब्यहोर्नु परेको छ। कम्पनीले यस प्रयोजनका लागि बनाएको रकेट परीक्षणका क्रममा धराशायी भएको छ।

'स्पेस एक्स' कम्पनी निकट भविष्यमै मानिसलाई चन्द्रमा र मंगल ग्रहमा लैजाने मिसनअन्तर्गत युद्धस्तरमा तैयारी गरिरहेको छ। कम्पनीका मालिक एलन मस्क स्वयं नै  मंगल ग्रहमा जान इच्छुक छन्। विश्वकै सर्वाधिक धनाढ्य बनेपछि उनले भनेका थिए - मेरो १८२ अर्ब डलरको सम्पतिमध्ये आधी सम्पति मंगल अभियानका लागि समर्पित छ। उनले आफू स्वयं नै  मंगल  ग्रहमा पुग्न चाहने पहिलो व्यक्ति हुने अभिलाषा पनि व्यक्त गरिसकेका छन् । यसका लागि उनको कम्पनी 'स्पेस एक्स'ले 'स्टारफिश' परियोजना अन्तर्गत शक्तिशाली रकेट निर्माण गरिरहेको छ।

एलन मस्क

यसै क्रममा कम्पनीले बनाएको रकेट 'स्टारफिश एस ९' परीक्षणका दौरान  ध्वस्त भएको छ। गत मंगलवार सम्पन्न परीक्षणमा रकेट विस्फोट भई नष्ट हुन पुग्यो। 'स्पेस एक्स' कम्पनी यस्ता रकेटको प्रवर्धन गर्ने दिशामा अग्रसर भएको छ जुन  रकेटलाई फेरि पटक पटक उपयोग गर्न सकियोस्। अहिलेसम्मको प्रविधिमा बनेका रकेट एकपटक मात्रै उपयोग हुन्छन् जसले गर्दा अन्तरिक्ष लगायत अन्य खगोलीय पिण्डको यात्रा  अत्यन्त महगो हुने गर्छ।  कम्पनीले बारम्बार प्रयोगमा ल्याउन सकिने प्रविधिका रकेट बनाएर तिनको सफल प्रक्षेपण पनि गरिसकेको छ।

गत मंगलवार मंगल अभियानका लागि   बनाइएको 'स्टारफिश एस ९'   रकेट भने परीक्षणका क्रममा विस्फोट भएको छ। रकेटको परीक्षण   असफल रहे पछि एलनले ट्वीट गर्दै भनेका छन् - यो  एउटा प्रयोग  थियो, हामी यस्ता प्रयोग र प्रयास निरन्तर गरिरहने छौं। प्रारम्भिक अनुमानअनुसार रकेटको थ्रस्टर (रकेटलाई शक्ति प्रदान गर्ने सिस्टम) को विफलताका कारण रकेट प्रक्षेपण उपरान्त अवतरण गर्ने क्रममा पृथ्वीमा बजारियो।

१६ तल्ले अर्थात ५० मीटर अग्लो 'स्पेसशिप'ले प्रक्षेपण पश्चात १० किमी   माथिसम्मको यात्रा सफलता  साथ गरेको थियो। तर पृथ्वीतिर फर्किने क्रममा यसले 'सॉफ्ट ल्यॉनडिंग'  (सुरक्षित अवतरण ) गर्न सकेन। फर्किने क्रममा रकेटको स्वतः सञ्चालित हुने प्रणालीका साथै 'कन्ट्रोल रूम'बाट गरिने नियन्त्रण प्रविधि दुबैबाट रकेट नियन्त्रित हुन नसकेर दुर्घटना हुन गयो। रकेट तकनीकको भाषामा 'स्पेसशिप'ले पृथ्वीमा आई पुग्नुभन्दा पहिला नै 'बैली फ्लॉप' प्रक्रिया गर्नु आवश्यक थियो। यस प्रक्रिया अन्तर्गत रकेटको इन्जिन बन्द भएर विस्तारै पृथ्वीतिरको यात्रा गर्नु निर्धारित हुन्छ। रकेटको इन्जिन बन्द नभएका कारण र 'ल्यॉनडिङ'  भन्दा पहिला रकेट सोझो हुन  नसकेका कारण यो दुर्घटना हुन गयो।

 प्रक्षेपणको झण्डै साढे ६ मिनेट पछि  रकेटले पृथ्वीतिर फर्किने क्रममा पृथ्वीतिर सोझो भई 'ल्यॉनडिंग' गर्नु थियो।  तर रकेट पृथ्वीतिर फर्किन  नसकेर बजारिएर विस्फोट हुन पुग्यो। यसभन्दा तीन महीना पहिला पनि 'स्टारशिप ८' को रकेट पनि दुर्घटनाग्रस्त  भएको थियो  ।

जतिसुकै असफलता हात लागे पनि एलन मस्क मंगल अभियानका लागि दृढ संकल्पित छन् ।  केही दिन पहिला मात्रै उनले भनेका थिए -पृथ्वीका मानिसले निकट भविष्यमै यदि बसोबासका लागि अर्को कुनै प्रबन्ध नगरे मानिस प्रजातिकै अन्त्य हुन सक्छ।  यस्तो आशंका केही वर्ष पुर्व प्रसिद्ध वैज्ञानिक स्टीफन हकिन्सले पनि व्यक्त गरेका थिए। एलन मस्क मंगल र चन्द्रमामा 'टेरा फार्मिंग' गरेर मानव बस्ती बसाउन संकल्पित छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप