शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको प्रचण्डलाई प्रश्न– शाकाहारी आन्दोलनले हुँदैन भनेको चिकेन चिल्ली खान्छु भनेको हो ?

शुक्रबार, २३ माघ २०७७, १० : ००
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले शाकाहारी आन्दोलनले हुँदैन भनि दिएको अभिव्यक्तिको विरोध गरेका छन् । केही अघि प्रच्ण्डले अब ननभेज आन्दोलनले नहुने भन्दै अभिव्यक्ति दिएकोमा ओलीले त्यसको जवाफ दिँदै शुक्रबारको जनसभामा भने, ‘शाकाहारी आन्दोलनले हुँदैन रे ।  शाकाहारीले हुँदैन भनेको चिकन चिल्ली खान्छु भनेको हो ?’ उनले प्रचण्डको नामै नलिइ उनले नरभक्षी आन्दोलन गर्न खोजेका आरोप लगाउँदै नरभक्षी अन्दोलनको दिन सकिएको बताए । उनले भने, ‘अब कसैले हिंसा मच्चाउन सक्दैन।  नेपाल अशान्ति र हिंसाको भूमरीमा जान सक्दैन ।’  

ओलीले हिजोको आम हड्तालका क्रममा ट्याक्सी जलाउने काम भएको भन्दै आक्रोश पोख्दै ट्याक्सी जल्नेलाई सरकारले क्षतिपूर्ति दिने बताए ।  ‘सरकारले क्षतिपूर्ति दिन्छ । बीमा होला बीमाले दिन्छ । बीमाले नगरेको खण्डमा सरकारले गर्छ’ उनले भने, ‘गरीबलाई हेर्ने र गरीबलाई माया गर्ने सरकार छ । शान्तिका लागि लड्ने सरकार छ ।’ उनले ट्याक्सी चालकलाई प्रचण्ड पक्षले जिउँदै जलाउने प्रयास गरेको आरोप समेत लगाए । 
यस्तै आजको जनसभालाई बिथोल्न प्रचण्ड–नेपाल पक्षले प्रयास गरेको पनि उनको दावी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप