शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–माधवलाई नरभक्षी आन्दोलन नगर्न ओलीको चेतावनी

शुक्रबार, २३ माघ २०७७, १४ : ३७
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् ।  शुक्रबार आफुपक्षीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  यस्तो बताएका हुन् । ‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिवको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन’, ओलीको भनाई छ । 

उनले आजबाट कुन पार्टी मुल र सक्कली भन्ने फैसला भएको बताए । अझै कुन पार्टी मुल हो भन्ने अन्योल छ भने कठैबरा भन्नुपर्ने पनि बताए । ‘मुल पार्टी यही हो, जहाँ हामी छौ । देशकै मुल पार्टी हो । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा र प्रयोग गर्ने पार्टी हो’, ओलीको भनाई छ ।

उनले यो पार्टी लोकतन्त्रका लागि सात दशकदेखि संघर्ष गरेर आएको पार्टी, देश बनाउने संकल्प बोकेको पार्टी भएको हुनाले यो पार्टी नै मुल पार्टी भन्दै आजैबाट मुल पार्टी कुन हो भन्ने र सक्कली कुन हो भन्ने टुंगिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप