‘अपहरण’मा परेका बालक तीन दिनपछि यसरी भेटिए भारतमा

सिरहाबाट मंगलबार बेलुका अपहरणमा परेका बालक बिहीवार अवेरमात्र प्रहरीले भारतको मधुबनी जिल्लाको खाजेडी भन्ने गाउँबाट उद्धार गरेको हो । अपहरणको तीन दिनमै प्रहरीले यो सफलता पाएको हो । मंगलबार बेलुका सिरहा नपा १ डुम्वाखत्ताका प्रदिप यादवको २ वर्षीय छोरा प्रियान्सु यादव आफ्नै घरबाट अपहरणमा परेका उनलाई भारतको विहार मधुवनी खाजेडीबाट बिहीवार राति उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्मा पैडेलले जानकारी छ ।
भारतबाट ल्याएका बालकलाई राति नै उनका बुबाआमाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार भारतीय प्रहरीको सहयोगमा बाललाई फेलापारी आमा संगीता कुमारी यादवलाई जिम्मा लगाइएको हो ।
प्रहरीले बालकलाई बेवारीसे अवस्थामा फेला परेको बताएको छ । अपहरणकारीहरुले प्रहरी आएको सुइँको पाएपछि बालकलाई छोडेर भागेको अनुमान गरेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले व्यक्तिगत रिसिइबीका कारण चिनजानकै व्यक्तिहरुले बाललाई त्यसरी लगेको हुनसक्ने बताएपनि अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीले भने अझै पनि अपरहण नभइ हराएको भनिरहेको छ ।
खोजतालासको क्रममा आफन्तहरुले नै बालक रहेको स्थानको सूचना प्रहरीलाई दिएपनि नेपाल भारत दुवै प्रहरीको सहयोगमा बालक भेटिएको बताएको छ ।
कसरी भयो अपहरण ?
आफ्नै घरको आँगनमा खेल्दै गरेका दुई वर्षीय प्रियान्सुलाई एक अपरिचित व्यक्तिले डुलाउन भनेर मंगलबार साँझ अपहरण गरेका थिए । मंगलबारको व्रत बसेकी संगीता धारामा भाडा सफा गर्दै थिइन् । हजुरआमा गुलवादेवी आँगनकै गोठमा खुट्टामा तेल लगाउँदै थिइन् । एक व्यक्तिले नाती बोकेर हिँडेको उनले देखेकी थिइन् । उनले ति व्यक्तिले नातीलाई खेलाउन लगेको ठानेकी थिइन् तर अबेरसम्म बच्चा नफकिएपछि मात्र खोज्न थालिएको थियो ।
एकाएक बच्चा हराएको खबरले घरमा आमा संगीता बेहोस बनेकी थिइन् । बाबु प्रदीप भने साउदी अरबमा रहेका छन् । करिब १२ वर्षदेखि साउदी अरबमा रोजगारीका क्रममा रहँदै आएका प्रदीप गत वर्ष फागुनमा बिदामा घर फर्केका थिए । कोरोना संक्रमण फैलिएर लकडाउन भएपछि प्रदीप फर्किन पाएका थिएनन् । स्थिति सामान्य भएपछि १ माघमा उनी साउदी अरब फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारीमा उम्रिएको च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको मृत्यु
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा
-
लाइसेन्स दिने भनिएपछि कर्मकाण्ड र ज्योतिष कक्षा लिनेको बढ्यो भीड, ६ महिनाको शुल्क १५ हजार
-
तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याए, आँखा र अनुहार ‘ड्यामेज’
-
सुरक्षाको कारण देखाउँदै अमृत साइन्समा स्ववियु चुनाव स्थगित