बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अञ्जु पन्तसँगको तस्बिर सेयर गर्दै थीर कोइराला लेख्छन्, ‘हामी केही समयदेखि एक अर्काको प्रेममा छौं, एक हुने तयारीमा छौं’

शुक्रबार, २३ माघ २०७७, १३ : ३३
शुक्रबार, २३ माघ २०७७

यतिबेला गायिका अञ्जु पन्त निकै चर्चित छिन् । कारण हो उनको विवाह  । पछिल्ला केही समयदेखि आफूले दिने गरेका प्रत्येक अन्तर्वार्तामा छोरीले विवाह गर्नका लागि दबाब दिइरहेको बताउँदै आएको थिइन् । यसका साथै, उनले कोसँग र कहिले विवाह गर्ने भन्नेबारे भने  टुङ्गो नभएको पनि बताउने गर्थिन् । तर पछिल्लो समय विभिन्न सञ्चार माध्यममा उनको र थीर कोइरालाको विवाह हुने खबर सार्वजनिक भएपछि भने अब उनीहरुले यसबारे मुख खोल्न थालेका छन् । 

सबै कुराका लागि समय छ । अहिले विभिन्न सञ्चार माध्ययमहरुमा आइरहेका समाचारको कारणले हाम्रा शुभ–चिन्तक र हामीलाई माया गर्ने...

Posted by Thir Koirala on Wednesday, 3 February 2021

अञ्जुका केही गीतका रचनाकारसमेत रहेका थीर कोइरालाले यसबारे आफ्नो फेसबुक अकाउन्टमा जानकारी दिएका छन् । बिहिबार अञ्जुसँगका दुईवटा तस्बिर सार्वजनिक गर्दै उनले आफूहरु पछिल्लो केही समयदेखि प्रेम सम्बन्धमा रहेको र निकट भविष्यमा एक हुने तयारी गरिरहेको बताएका छन् । 

उनले लेखेका छन्, ‘अब तपाईहरुको खुल्दुली मेटाउने सायद यहि नै सहि समय होला भन्ने लाग्छ । तपाईले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि एकअर्काको प्रेम छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ । तपाईहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले हामीलाई अझ उत्साह मिलेको छ र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गर्दछौँ ।’

करिब १० वर्षअघि गायक मनोजराजसँग सम्बन्धविच्छेद गरेपछि अञ्जु छोरी परितोषिकासँगै बस्दै आएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप