र्यापरले निधारमा टाँसे २ अर्ब रुपैयाँको दुर्लभ हिरा, भयो यस्तो हाल
संसारभरीका र्यापर आफ्नो बोल्ड अन्दाजका लागि परिचित छन् । पोस्ट मलूनजस्ता केही आर्टिस्ट छन् जसले आफ्नो अनुहारभरी ट्याटु बनाइरहेका छन् । यद्यपि, अमेरिकाका र्यापरले एक कदम माथि उठ्दै आफ्नो निधारको बीच भागमा एउटा दुर्लभ हिरा टाँसेका छन् । यो प्राकृतिक गुलाबी हिराको मूल्य २४ मिलियन डलर अर्थात् २ अर्ब नेपाली रुपैयाँ हो ।
२६ वर्षका सायमर बायसिल वुड्स एक अमेरिकी र्यापर र गीत लेखक हुन् र उनी लिल उजी वर्ट स्टेज नामबाट परिचित छन् । वुड्स धेरैजसो आफ्नो अनुहारको ट्याटु र हेयरस्टाइलका लागि ट्रेन्ड हुन्छन् । यी र्यापरले हालै इन्स्टाग्राममा आफ्नो एउटा भिडियो सेयर गरेका छन् जसमा लगभग ११ क्यारेटको यो हिरा लगाइरहेको देख्न सकिन्छ । वुड्सले यति अचम्मको निर्णय किन लिए भनेर उनका प्रशंसक हैरान थिए ।
यी आर्टिस्टले आफ्ना ट्वीटर फलोर्सलाई आफूले यो हिराका लागि सन् २०१७ देखि पैसा तिरिरहेको र आफूलाई यसको मूल्य चुक्ता गर्नका लागि तीन वर्षभन्दा बढीको समय लागेको बताएका छन् । उनले यो दुर्लभ र प्राकृतिक हिरा एलियट एलियनेटबाट बिक्रि गरेका हुन् । एलियटलाई धनाढ्य व्यक्तित्वलाई महँगो र दुर्लभ स्टोन बेच्ने व्यक्तिको रुपमा परिचित छन् । वुड्सले यसपछि आफूले यस्तो प्रकारको महँगो शौक नदोहोराउने घोषणा पनि गरेका छन् ।
उनले हिरा लगाएको भिडियो सार्वजनिक भएपछि उनका प्रशंसक निकै चकित परेका छन् । एक व्यक्तिले उक्त हिरा यति साह्रो महँगो भएको कुरामा आफूलाई विश्वास नभएको र यसका लागि आफूलाई रसिद हेर्न मन लागेको बताए । यसमा प्रतिक्रिया दिँदै र्यापरले भनेका छन्, ‘म आफैंलाई पनि विश्वास लागिरहेको छैन कि मैले आफ्नो निधारमा हिरो टाँसेको छु । ’ वुड्सका अनुसार उनका गाडी र घरको मूल्य जोडेर पनि उक्त हिरा जति मूल्य नहुने बताएका छन् ।
एक प्रशंसकले उनलाई यस्तो महँगो हिरोलाई कुनै औंठी बनाएर किन लगाउनुहुन्नँ भनेर प्रश्न सोधेका छन् । यसमाथि प्रतिक्रिया दिँदै ठट्यौली पारामा उनले भनेका छन्, ‘यदि मैले आफ्नो औंठी हराएँ भने पनि तपाईंहरुले मेरो मजाक उडाउनुहुनेछ । अब जबसम्म मलाई मान्छेहरुले मार्दैनन्, यो हिरा सुरक्षित छ र चिन्ता नगर्नुहोस्, यसको इन्स्योरेन्स पनि गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा किन गर्ने शिवको पूजा ?
-
ढाकास्थित नेपाली दूतावासमा सेना दिवस र साहित्यिक महोत्सव सम्पन्न
-
भद्रपुर झापा गोल्डकप : दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड भिड्दै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
-
पशुपतिनाथ क्षेत्रमा ४ हजार प्रहरी परिचालन, कहाँ–कहाँ छ पार्किङ सुविधा ?