शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दरवारमार्गमा ओली पक्षको आमसभा : उपत्यकाको ट्राफिक व्यवस्थापनमा असर

विभिन्न स्थानमा ट्राफिक डाइभर्सन, वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध
शुक्रबार, २३ माघ २०७७, १२ : ०४
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले शुक्रबार राजधानीको मुटु मानिने दरवारमार्गमा आयोजना गर्न लागेको आमसभाका कारण काठमाडौं उपत्यकाभित्र सवारी आवागमन प्रभावित भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दरवारमार्गमा हुने कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानमा मानिसहरु भेला भइरहेका कारण दरवारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको छ ।

ट्राफिक प्रहरीले दरवारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मोदयमोड, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टेबाट डाइभर्सन गरेको छ ।

सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठुला सवारी साधनलाई चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको महाशाखाले जनाएको छ । डाइभर्सनका कारण माइतिघर, सिंहदरवार, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको महाशाखाले जनाएको छ ।

कार्यक्रम अवधिभर सवारी साधन डाइभर्सन हुने भएकोले सवारी साधनका चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न महाशाखाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप