ad
केन्द्रीय संस्करण

ग्रीन लाइफ हाइड्रोको आईपीओ बिक्री खुल्यो, कति कित्ता भर्ने ?

person explore access_timeमाघ २३, २०७७ chat_bubble_outline0

 

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्री खुला भएको छ ।  माघ २३ गते देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो  ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्री गर्दैछ । यसमध्ये ६९ हजार ९ सय २८ कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७ सय ८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् ।

यस आईपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै आईपीओ बिक्री नभएमा फागुन ७ गतेसम्म बिक्री खुला हुनेछ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरमार्फत् अनलाइनबाट पनि सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धक बीओके क्यापिटल हो ।

न्यूनतम १० कित्ताका दरले बाँडफाँट हुँदा  जम्मा ३ लाख २५ हजार १ सय ६५ जना लगानीकर्ताले मात्र आईपीओ हात पार्ने देखिन्छ । ग्रीनलाईफको आईपीओमा १० कित्ता आवेदन दिए पनि पुग्ने देखिन्छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री खुला गरेको हो  ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.