अंगुर खानुका छन् थुप्रै फाइदा तर धेरै खाँदा हुनसक्छन् यस्ता साइड इफेक्ट
अंगुर विभिन्न रङ्ग र प्रकारमा उपलब्ध हुन्छन् जस्तै रातो, हरियो, कालो, दानारहित अंगुर, अंगुरको जेली, अंगुरको जाम, अंगुरको जूस, किसमिस इत्यादि । चिसो मौसममा रक्सी बनाएर पिउन पनि अंगुर लोकप्रिय हुन्छ । अंगुरमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट्स र स्वास्थ्यलाई फाइदा पुर्याउने थुप्रै पोषकतत्व पाइन्छ । यसको प्रयोगले क्यान्सर, आँखाको समस्या, मुटु रोष् र अन्य स्वास्थ्यस्थितीविरुद्ध सुरक्षा पाउन सकिन्छ । अंगुरमा रेसवेरट्रोल नामको प्रमुख पोषक तत्व पाइन्छ जसले स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँछ । यो फाइबर, पोटासियमको राम्रो स्रोत हो र मधुमेहबाट पीडित मानिसहरुका लागि उपयुक्त छ । तर अंगुरको अत्यधिक सेवनले शरीरमा केही प्रतिकूल असर पार्नसक्छ । साइड इफेक्टमा, बान्ता आउला जस्तो हुने, पेट खराब हुने, तौल बढ्ने गर्छन् । अत्यधिक अंगुर खाँदाका साइड इफेक्टबारे आज हामी जानकारी दिँदै छौं ।
अंगुरले कसरी हानी पुर्याउँछ ?
अंगुर साना हुन्छन् र तपाईं एकपटकमा धेरै नै अंगुर खान सक्नुहुन्छ । एक कप अंगुर अर्थात् ९२ ग्राममा ६० भन्दा बढी क्यालोरी हुन्छ । अंगुर सानो आकारको हुँदा यो खान सहज हुन्छ जसका कारण हामी अतिरिक्त क्यालोरी खाइरहेका हुनसक्छौं । अंगुरलाई नियमित रुपमा अलि बढी नै खाँदा तौल बढ्न सक्छ । यदि तपाईं दिनदिनै अंगुर खानुहुन्छ भने तपाईंले मात्रामा ध्यान दिनैपर्छ । धेरैजसो फलफूलमा झैं अंगुरमा पनि फाइबर पाइन्छ । फाइबरको अत्यधिक प्रयोगले पनि कब्जियत हुनसकछ । अंगुरको अत्यधिक सेवन पश्चात् मात्रै यसको साइड इफेक्ट देखिन्छ । अंगुरको साइड इफेक्ट साधारण होइन तर यसबारे थाहा पाउन महत्वपूर्ण छ ।
अंगुर खानुका साइड इफेक्ट कस्ता हुन सक्लान् ?
अंगुरमा सलिसिक्लिक एसिडले पाचन समस्या पैदा गर्न सक्छ । यो त्यतिबेला निम्तिन्छ जब तपाईं अत्यधिक अंगुर खानुहुन्छ । एक दिनमा अत्यधिक अंगुर खाँदा बान्ता आउला जस्तो गरी अफ्ठेरो पनि हुनसक्छ । समयका साथ तौल बढ्नु धेरै अंगुर सेवनको दोस्रो सम्भावित साइड–इफेक्ट हो ।
अंगुर खाँदा केही कुरा ध्यानमा राख्नुपर्छः
दिनमा तपाईंले ८ देखि १० वटा अंगुर खानुपर्छ । साधारणतया अंगुर सुरक्षित त हुन्छ । यसमा शानदार पोषक तत्व पनि पाइन्छ । तर यसको नकारात्मक प्रभावबारे पनि तपाईंले थाहा पाउनुपर्छ । यो फल केही विशेष औषधीसँग प्रतिक्रिया पनि गर्न सक्छ । त्यसैले तपाईं उपचारका लागि औषधीको प्रयोग गरिरहनुभएको छ भने तपाईंले अंगुर खाँदा सावधानी अपनाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति
-
विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ
-
विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा
-
‘सीआईबीका प्रहरी हौँ’ भनेर भक्तपुरबाट करिब आधाकिलो सुन लुटपाट
-
नागरिकका गुनासा सुन्न लुम्बिनीका मन्त्री थापा पैदल यात्रामा
-
एनओसीलाई कारबाही गर्न लोकतान्त्रिक खेलकुद संघको माग