ad
केन्द्रीय संस्करण

पत्रकार महासंघ युरोप शाखाको अधिवेशन फागुन ८ मा

person explore access_timeमाघ २३, २०७७ chat_bubble_outline0

शेरबहादुर परियार, युरोप । नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते(फेब्रुअरी २०) मा हुने भएको छ ।बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो।

अधिवेशन सम्पन्न गर्न राजकुमार दिक्पालको संयोजकत्वमा शाखाका सल्लाहकारद्वय पुष्प बरुवाल,पञ्चम अधिकारी र दिलनिशानी मगर सदस्य रहेको अनुगमन तथा सुझाव, दोर्ण रिजालको संयोजकत्वमा सांगठनिक प्रतिवेदन लेखन, वाइबी गुरुङ्गको संयोजकत्वमा प्रेम परियार, महिन्दो वाइवा, प्रेम पोमु, इन्दिरा चाम्लिङ,गोमा खरेल,बिरमान मगर सदस्य रहेको व्यवस्थापन, महेश खातीको संयोजकत्वमा शेरबहादुर परियार,दिपेन्द्र गजुरेल,दिनेश गौतम,कलश खरेल सदस्य रहेको प्रचार प्रसार, तेजबहादुर नेपालीको  संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन यसैगरी रबिचन्द्र भट्टराईको संयोजकत्वमा प्राबिधिक, राजकुमार थापाको संयोजकत्वमा अतिथि समन्वय र व्यवस्थापन,सरला कट्टेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति  निर्माण गरेको शाखाका अध्यक्ष केजिन राईले जानकारी दिए। 

अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि यूरोपमा रहेका सम्पूर्ण संघसंस्थाहरुको नैतिक सहयोगको अपेक्षा गरेको अध्यक्ष राईले बताए। 

जुम प्रविधिको माध्यमबाट हुने अधिवेशनले यूरोप शाखामा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशन सम्पन्न गर्नका लागि  नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार चिरन शर्मालाई केन्द्रीय प्रतिनिधि तोकेको छ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.