शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिमा चौधरी र सुनिल शेट्टीको हावामा अचानक भयो भेट, लुक्न बाध्य भइन् नायिका

शुक्रबार, २३ माघ २०७७, ०९ : १८
शुक्रबार, २३ माघ २०७७

बलिउड अभिनेत्री महिमा चौधरी र सुनिल शेट्टीको भेट अचानक विमानमा भयो । यतिबेलाको एक फोटो अभिनेत्रीले सोसल मिडियामा सेयर गरेकी छिन् । उनले यो फोटोसँग रमाइलो क्याप्सन लेखेकी छिन् । उनले आफूले आफैंलाई लुकाएको पनि देखिएकी छिन् । 

वास्तवमा 'धड्कन' फिल्ममा सुपरहिट रहेको सुनिल शेट्टी र महिमा चौधरीको जोडीको अचानक विमानमा भेट भयो । यो पललाई कैद गरिएको फोटो महिमाले  सोसल मिडियामा पोस्ट गर्दै क्याप्सनमा लेखिन्, ‘हामी हावामा भेट्यौं । सुपरहिट सुनिल शेट्टीले आफ्नो मांसपेशीलाई लचिलो पार्दै मलाई लुक्न  बाध्य पारिरहेका छन् ।’

स्मरण रहोस्, यतिबेला सुनिल दत्तले सेतो टिसर्ट र हरियो रङको कार्गो पाइन्ट लगाएको देख्न सकिन्छ । यस्तै महिला कालो पहिरनमा देखिएकी थिइन् । यो जोडीलाई सँगै विमानमा देखेर प्रशंसकले पनि सोसल मिडियामा रोचक कमेन्ट गरिरहेका छन् । यस्तोमा एक प्रशंसकले लेखेका छन्, ‘उनीहरु धड्कन फिल्मका अन्त्यमा एक विमानमा गएका थिए, सायद अहिलेसम्म पनि पुगेका छैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप