शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करिष्मा कपुरसँग टुटेको थियो अभिषेक बच्चनको इन्गेजमेन्ट, फिल्मको सेटमा करिनाले भिनाजु भनेर बोलाउँथिन्; रोमान्टिक सीन दिन गरेकी थिइन् अस्विकार

शुक्रबार, २३ माघ २०७७, ०८ : ४३
शुक्रबार, २३ माघ २०७७

बलिउड नायक अभिषेक बच्चन ४५ वर्ष पुगेका छन् । ५ फेब्रुअरी सन् १९७६ मा मुम्बईमा जन्मिएका उनीबारे निकै कमलाई थाहा होला कि उनी नायकका साथै निर्माता, गायक र टिभीका कार्यक्रम प्रस्तोता पनि भइसकेका छन् । 

अभिषेक बच्चनले सन् २००० मा फिल्ममा डेब्यू गरेका थिए तर यसअघि उनी के गर्दथे यसबारे कमैलाई थाहा छ । फिल्ममा प्रवेश हुनुअघि उनी एक एलआईसी एजेन्टको रुपमा काम गरिसकेका छन् । यद्यपि, उनले चाँडै नै फिल्ममा अभिनय गर्ने मौका पाए, त्यसैले उनले आफ्नो जागिर छोडिदिए । 

उतारचढाव रह्यो जीवनः

अभिषेक बच्चनले निजी जीवनमा निकै उतार–चढाव देखेका छन् । ऐश्वर्या अघि उनको जीवनमा करिष्मा कपुर थिइन् जोसँग उनको इन्गेजमेन्ट पनि भइसकेको थियो तर दुबैको विवाह भने हुन सकेन र दुबै अलग्गिए । 

करिष्मासँग टुटेको थियो विवाहः

अभिषेक–करिष्माको प्रेमको सुरुवात अभिषेककी दिदी श्वेताको विवाहपछि भएको थियो । वास्तवमा श्वेताको विवाह करिष्माकी फूपूका छोरा निखिल नन्दासँग भएको हो । विवाहका बेला यी दुई एकअर्कासँग नजिकिएका थिए । 

यति नै बेला अभिषेकले उनको डेब्यू फिल्म रिफ्यूजी पाए । उक्त फिल्मकी हिरोइन तथा करिष्माकी बहिनी करिनाले उनलाई सेटमा भिनाजु भनेर बोलाउने गरेको भारतीय मिडियाले बताएको छ । जब यो फिल्ममा अभिषेकसँग रोमान्टिक सीन गर्ने कुरा आयो तब करिनाले अस्विकार गरेको पनि बताइन्छ । करिनाले अभिषेकलाई दाइ मान्ने भएकोले यस्तो गर्न नसक्ने बताएकी थिइन् । 
रिफ्यूजीपछि अभिषेकले केही फिल्ममा अफर पाए तर उनको कुनै पनि फिल्म हिट हुन सकेन । करिष्मासँग उनको इन्गेजमेन्ट पनि भएको थियो । इन्गेजमेन्टपछि मिडियामा रिपोर्ट आउन थाले कि करिष्माले विवाहपछि फिल्ममा काम गर्न बन्द गर्नुपर्छ । 

खबरलाई विश्वास गर्ने हो भने करिष्माकी आमा बबितालाई पनि अभिषेक मन पर्दैनथ्यो । यसको एउटा कारण यो थियो कि अभिषेकको फिल्म फ्लप भइरहेको थियो र जबकी करिष्मा त्यो बेलाकी टप नायिकामध्ये एक थिइन् । बबितालाई अभिषेकको करियर सफल हुन नसके के होला भन्ने चिन्ता थियो । 

करिष्माले पनि आमाको निर्णयको विरोध गर्न सकिनन् र अन्ततः यो विवाह टुट्यो । पछि अभिषेक बच्चनले ऐश्वर्या रायसँग विवाह गरे । यस्तै करिष्मा कपुरले पनि सञ्जय कपूरसँग विवाह गरिन् । यद्यपि, सञ्जय र करिष्माको अहिले सम्बन्धविच्छेद भइसकेको छ । सञ्जय कपूरले प्रिया चटवालसँग तेस्रो विवाह गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप