मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशले तीन वर्षको अवधिमा बनायो सोह्र सय किमी सडक

शुक्रबार, २३ माघ २०७७, ०७ : ४७
शुक्रबार, २३ माघ २०७७

काठमाडौँ । बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ ।

यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित (ग्राभेल), २१९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

उनका अनुसार तीन वर्षको सडक पूर्वाधार विकासले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्ने काम गरेको छ । यस अवधिमा एक हजार १५९ किलोमिटर सडक निर्माणका लागि सर्भेको काम सम्पन्न भएको छ ।

यस अवधिमा ३३ वटा नयाँ पुल निर्माण गरी उद्घाटन सम्पन्न भइसकेको छ भने ४५ वटा पुल निर्माणाधीन रहेका छन् । त्यसैगरी ४३ वटा पुल निर्माण गर्न सर्भे सम्पन्न भइसकेका छन् । सर्भे भएका सडक निर्माणका लागि चालू आर्थिक वर्षमा नै ठेक्कापट्टाको काम सम्पन्न गरिने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप