बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसिपुरमा ग्याङ फाइट, एक जना गम्भीर घाइते

बिहीबार, २२ माघ २०७७, २० : ५८
बिहीबार, २२ माघ २०७७

तुलसीपुर । तुलसिपुर शान्ति सुरक्षाको दृष्टिकोणले निकै कमजोर बनेको छ । तुलसिपुरमै लुम्बिनि प्रदेश प्रहरी कार्यालय रहँदा पनि त्यहा युवाहरुबीच पटक पटक ग्याङ फाइट हुँदै आएको छ ।

दिनदहाडै तुलसिपुरमा हुने खुकुरी प्रहारका घटनाले युवाहरुले धेरै पटक ज्यान गुमाइ सकेका छन् । पछिल्लो समय तुलसिपुरमा बिभिन्न धारीलो हतियार प्रहार गरेर थुप्रै घटना भएका छन् ।

केही घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न सफल भएको छ भने केहि अनुसन्धानकै सिलसिलामा छन् । तुलसिपुरमा हुने यस्ता  घटनाले प्रहरीको उपस्थिति कमजोर बनेको छ ।

युवाहरु आपसमा मापसे गरेरपछि बिबाद गर्दा थुप्रै घटना हुने गरेको इप्रका तुलसिपुरले जनाएको छ । धेरैजसो युवाहरु खुकुरी, तरबार बोकेर हिड्ने गर्ने र  उनीहरु विरुद्ध प्रहरी अप्रेसन चलाएमा तुलसिपुरलाई शान्त बनाउन सकिने यहाँमा नागरिक अगुवाको अपेक्षा रहेको छ ।

शृङ्खलाबद्ध आक्रमण घटनाहरु घट्नेक्रममा आज मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का १८ वर्षीय सबिन विकमाथि आक्रमण भएको छ ।

गोरखा बोर्डिङ स्कूल नजिकै बिहीवार मध्यान्हतिर बिकमाथि आक्रमण भएको र उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार तुलसीपुर ६ गुल्मचोक निवासी १९ वर्षीय कुमार पुनले पछाडिबाट टाउकोमा ढुँगाले आक्रमण गरेका थिए ।
पुरानो रिसिबीका कारण पुनले पछाडिबाट आएर बिकमाथि ढुँगाले टाउकोमा प्रहार गरि घाइते तुल्याएको डिएसपी सिंहले बताए । घाइतेको तुलसीपुरमा उपचार भइरहेको र अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप