आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा प्रचण्ड नेपाल पक्षका ६१ जना परे पक्राउ, गम्भीर घाइते चार जना नेता काठमाडौं रेफर

बिहीबार, २२ माघ २०७७, १९ : ५४
बिहीबार, २२ माघ २०७७

जनकपुर । प्रदेश नम्बर २ मा  आमहडतालको क्रममा नेकपाको प्रचण्ड माधव पक्षका ६१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये सिरहामा पक्राउ परेका आन्दोलनकारी बाहेक अन्य जिल्लामा भने साँझसम्म रिहा गरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनसहित पसल बन्द गराउँदै हिडेका ६१ प्रदर्शनकारीलाई पक्राउ गरि नियन्त्रणमा लिइएको थियो । प्रदेश २ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पर्सामा ३१, धनुषामा ११, महोत्तरीमा ५, रौतहटमा ६, बारामा ८ र सिरहामा २ जनालाई नियन्त्रणमा लिइएको थियो ।

प्रदेश २ भरीबाट पक्राउ परेका ६१ जनामध्ये ५९ जनालाई छोडिएको छ भने सिरहामा पक्राउ परेका २ जनालाई अहिलेसम्म पनि नियन्त्रणमै राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यता जनकपुरधाममा प्रदर्शन गरिरहेकाहरु माथि प्रहरीले  हवाईफायरसहित लाठि चार्ज गर्ने क्रममा नेकपाका केन्द्रीय नेता गम्भीर घाइते भएका छन् ।

नेकपा स्थायी समिती सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य रामचन्द्र झा, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदीप साहको अवस्था गम्भीर रहेकाले काठमाडौं रेफर गरिएको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।

केन्द्रीय सदस्य झाको टाउकोमा गम्भीर चोट लागेको छ । प्रहरीले दमन गरेको भन्दै भोलि बिहान नेकपा धनुषा प्रचण्ड माधव पक्षले जनकपुरमा पत्रकार सम्मेलन गर्ने सचिव दिपक यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप