इजरायली प्रधानमन्त्रीको युएइ र बहराइन भ्रमण स्थगित

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युनाइटेड अरब इमिरेट्स (युएइ) र बहराइनको भ्रमण स्थगित भएको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएपछि इजरायलमा लकडाउन कायमै रहेकाले उनले भ्रमण स्थगित गर्नुभएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
“युएइका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकारर्दै भ्रमणमा जाने कार्यक्रम थियो र भ्रमण दुई देशबीचको सम्वन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि थियो तर स्थगित गनुप¥यो” नेतान्याहुको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
देशमा असामान्य अवस्था आएकाले प्रधानमन्त्रीले अति महत्वपूर्ण भ्रमण पनि स्थगित गर्नु परेको वक्तव्यमा लेखिएको छ । उनको भ्रमणको बेलामा कोरोनाभाइरसको महामारीका कारण इजरायलमा हवाई सेवा बन्द भएकाले पनि उनलाई भ्रमणका लागि प्रस्थान गर्न कठिनाई भएको हो ।
उनले गत बुधबार अर्को हप्ता आफु युएइ र बहराइन भ्रमणमा जाने योजना बनाएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै
-
सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता
-
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा