एमाले, माओवादी र नयाँ शक्तिबीच एकीकरण कि ब्राह्मण एकता सम्मेलन ?
काठमाडौँ– २०७४ असोज १७ गते मंगलबार साँझ काठमाडौस्थित राष्ट्रिय सभागृहको हलामा खचाखच भरिए एमाले,माओवादी केन्द्र र नयाँ शक्तिका नेता कार्यकर्ता । त्यहि हलमा तीन पार्टीबीच बृहद बाम एकताको अवधारणालाई मुर्त रुप दिनपछि एकीकरण गर्ने गरी तत्काललाई चुनावी तालमेल गर्ने घोषणासहितको प्रतिबद्धता सार्वजनिक पनि गरियो ।
नेपालमा स्थिरता, विकाश, शान्ति र सुव्यवस्था स्थापित गर्न नयाँ र फराकिलो विचार बोकेको राजनैतिक शक्तिको आवश्यकता महसूस भएका बेला तीन पार्टीबीचको एकीकरण प्रयासलार्य सकारात्मक रुपमै लिन सकिन्छ । तर, दुर्भाग्य के छ भने आफ्नो पार्टीभित्र चर्चा परिचर्चा, छलफल, मन्थन र चिन्तन नै नगरी तीन पार्टीका शीर्षस्थ ब्राह्मण बाहुल्य नेताको चौकड़ीद्वारा लोकमान सिंह कार्कीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा जस्तै अचानक एकीकरणको घोषणा गर्नुले भने पार्टी भित्र रहेको निरंकुशतालाई उजागर गरेको आभाष भएको छ । साथसाथै यो एकीकरणले राष्ट्रलाई भविश्यमा राम्रो परिणाम प्राप्त गर्ला भन्नेमा पनि सन्देह ल्याएको छ ।
तीन पार्टी एकीकरण कार्यक्रममा सबैभन्दा पहिला बोल्ने पालो पाएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पार्टीहरुबीचको एकतालाई इतिहासको आवश्यकताको संज्ञा दिए । उनले इतिहासका कालखण्डमा एउटा पुस्ताले भूगोल एकीकरण गरेको अर्को पुस्ताले लोकतन्त्र स्थापना गरेको भन्दै अबको पुस्ताले प्रगतिशील समुन्नत समाजवादतर्फ देशलाई लैजानपर्ने आवश्यकता रहेको बताए । त्यस्तैगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता ऐतिहासिक आवश्यकताबाट निर्देशित भएको बताए ।
तीन दलबीचको सहमति घोषणासभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि निरन्तरतामा क्रमभंग गरेको ‘राजनीति धेरैहदसम्म सम्भावनाको खेल हो, राजनीतिमा सम्भव नदेखिएका कुराहरु पनि हुन्छन् कतिपय सम्भव देखिने कुरा पनि हुन सक्दैन, आज त्यही सम्भावना नदेखिएको कुरा सम्भव हुँदैछ भने । एमाले अध्यक्ष केपी ओलीले कम्युनिष्ट दलहरुको एकता राष्ट्रियता र अखण्डतालाई माथि उठाउने उद्देश्यले गरिएको र यसले राष्ट्रलाई एकजुट बनाउने उद्घोष गरे । ओलीले अबको राजनीतिक यात्रा सत्ता नभएर राष्ट्रको आर्थिक समृद्धि देशमा सुशासन, सदाचार, भौगोलिक एकता कायम गर्दै इन्द्रधनुषी राष्ट्रिय एकता गर्नुपर्ने पनि औल्याए ।
एमाले, माओवादी नयाँ शक्ति पार्टीबीच राष्ट्रिय हितका लागि एकता एवं सहमतिमा हस्ताक्षर गरिएको भनिएता पनि उल्लेखित कार्यक्रमले सम्पूर्ण नेपालको प्रतिनिधित्व गरेको थिएन । संविधानको मूल मर्म समावेशी समानुपातिक शब्दमाथि क्रुर रुपमा प्रहार गरेको स्पस्ट रुपमा देखिन्थ्यो । तीन पार्टीबीचको एकीकरणलाई बृहद बाम एकताको संज्ञा दिएता पनि उल्लेखित कार्यक्रम विशुद्ध ब्राह्मण राजनैतिक एकता सम्मेलन भएको आभाष दिइरहेको थियो भन्दा अन्यथा हुने छैन ।
तीनै जना वरिष्ठ नेताले सम्बोधनको क्रममा आदिवासी जनजाती मधेसी दलित सबैको साझा हित गर्ने उद्घोष गरेतापनि मञ्चको अग्रपंक्तिमा दायाँबाट क्रमशः कृष्णबहादुर महरा, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल र भीम गौतम बसेका दृश्यले आगामी दिनको राजनीतिक परिदृश्यको सहजै पूर्वानुमान गर्न सकिन्थयो । तीन पार्टी एकीकरणको कार्यक्रमका संचालक एमाले नेता विष्णु पौडेलले गरेका थिए भने एकीकरण को दस्तावेज वाचन गर्ने कार्य माओवादी नेता जनार्दन शर्मा प्रभाकरले गरेका थिए । एकीकरण कार्यक्रममा आदिवासी, जनजाती, मधेशी दलितलाई हस्ताक्षर ,दस्तावेज वाचन ,कायक्रम सञ्चालन एवं सम्बोधनबाट वन्चित गरेर उक्त कार्यक्रमले भविष्यको संकेत एवं घोर निरंकुशतन्त्रको स्मरण गरायो ।
एमाले, माओवादी, नयाँ शक्तिको एकीकरण पहाडी ब्राह्मणको मात्र एकता नभई यसको विस्तार तराई मधेशमा पनि भएको छ भन्ने कुराको पुष्टि हुन सकेको देखिएन । जसले एमाले–माओवादी पार्टीमा पहाडी ब्राह्मण बर्चस्व स्थापित भएको त हैन भन्ने प्रश्न गर्न सहजता थपिदियो । जसले गर्दा मधेशीलाई दास बनाए, मधेशलाई उपनिवेश बनाए भनेर गाली गर्ने तत्कालिन राजपाका वरिष्ठ नेता हृदयेश त्रिपाठीसहित विके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लासहित बहुसंख्यक मधेशी ब्राह्मणले सुर्य चिन्हमा चुनाव लड्ने घोषणामा हस्ताक्षर गरेर एमाले,माओवादी ,नयाँ शक्तिको एकीकरण बृहद बाम एवं राष्ट्रभक्त शक्तिको एकता नभई आगामी हुने चुनाव पश्चात आफ्नो निहित स्वार्थसिद्धि एवं राजनीतिक भागबन्डाका निमित्त ब्राह्मण एकता गरिएको छर्लङ्ग हुन्छ ।
निःसन्देह नेपाल को विकाश समृद्धिका लागि राष्ट्रभक्त शक्तिको एकता अति आवस्यकता छ । तर नेपाली जनताले बारम्बार छद्मवेशी नेताबाट धोका पाएका हुनाले यो एकीकरणलाई पनि सन्देहको दृष्टिबाट मेट्न सकिएको छैन । बिपी कोइरालाको आव्हानमा सशस्त्र क्रान्तिमा होमिने र सहादत दिने नेपालीले के पाए ?४६/४७ को जनआन्दोलनमा ज्यान गुमाएका अंगभंग भएकाहरुले के प्राप्त गरे ,माओवादीको आव्हानमा गरिएको जनयुद्धमा ज्यान गुमाएका १७ हजार होनहार नेपालीको सहादतले राष्ट्र ले के नै प्राप्त गर्यो ? नेपाली जनताको बलिदानले राष्ट्रमा सुख, समृद्धि त आएन तर राणा शाह जस्तै परिवर्तनको प्रत्येक कालखण्डमा जंग बहादुर जस्तै नयाँ नयाँ वंशको उदय भएको छ । जस्तै काँग्रेसमा कोइराला, देउवा ,केसी ,महत वंश , एमालेमा खनाल ,ओली ,पोख्रेल, नेपाल वंश र माओवादीमा दाहाल र भट्टराई वंश ।
त्यसो त योे एकीकरणको सफलता र असफलता चाल र चरित्रमा निर्भर हुनेछ । नेताहरुका बहुरुपी चरित्र, भाषण र नीति नियमका कुरा नेपाली जनताले धेरै भोगिसकेका छन्, देखिसकेका छन् । अब उप्रान्त नेताहरुले राष्ट्रलाई सहि पथमा डोर्याउन र सफल हुन्का लागि मस्तिस्कमा ठुलो महल बनाएर बसेको पुरातनवादी निरंकुश चिन्तनरुपी विष बृक्षलाई हमेशाका लागि जरादेखि उखेलेर फ्याक्न जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ