आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट र बारामा पनि बन्दको प्रभाव, १४ जना प्रदर्शनकारी पक्राउ

बिहीबार, २२ माघ २०७७, १५ : ५१
बिहीबार, २२ माघ २०७७

रौतहट । प्रचण्ड र नेपाल पक्षको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा बारा र रौतहटमा १४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जिल्लामा मुख्य बजार तथा लामो दुरीका सवारी साधन बन्द रहेको प्रहरीको भनाइ छ ।

बन्दका लागि दबाब दिँदै तोडफोडमा उत्रिएकाहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार रौतहटको गरुडामा सवारीसाधनमाथि तोडफोड तथा आगजनी गर्न खोज्ने ६ जनालाई पक्राउ गरिएको छ ।

रौतहटका प्रहरी प्रमुख एसपी सिद्वीविक्रम शाहका अनुसार रौतहट सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया लगायतका बजारमा बन्दको आंशिक प्रभाव परेको छ । लामो दुरीका सवारी साधन सञ्चालन नभए पनि छोटो दुरीमा केही सवारी साधन सञ्चालन भइरहेको प्रहरीको भनाइ छ ।

उता बारा सदरमुकाम कलैया, निजगढ, सिमरा, पथलैयालगायत पनि बन्दको आंशिक प्रभाव देखिएको छ । बारामा पनि लामो दुरीका सवारी साधन सञ्चालन भएका छैनन् भने छोटो दुरीका सवारी साधन सञ्चालन भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले सिम्रौनगढ नगरपालिकाको सरकारी नम्बरको मोटरसाइकल तोडफोड गर्ने ८ जनालाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् । पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको संख्या न्यून रहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप