शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४७ लागिन् करिश्मा, अभिनयमा हिट राजनीतिमा फ्लप

बिहीबार, २२ माघ २०७७, १५ : ३७
बिहीबार, २२ माघ २०७७

काठमाडौँं । नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर ४७ वर्ष लागेकी छन् । विसं २०३० जन्मिएकी मानन्धर आजबाट ४६ पुरा गरेर ४७ लागेकी हुन् ।  वि.सं २०४२ मा निर्माण भएको फिल्म सन्तानबाट अभिनयमा डेब्यु गरेकी उनको फिल्म क्षेत्रमा कलाकार र निर्माताको परिचय बनेको छ । 

‘मायालु’,‘कस्तुरी’, ‘ट्रक ड्राइभर’, ‘भाउज’ु, ‘वसन्ती’ लगायत थुप्रै हिट फिल्म उनले नेपाली फिल्म उद्योगमा दिएकी छन् । अहिले पनि उनी फिल्म अभिनयमा सक्रिय छिन् । पछिल्लो समय फिल्म ‘फागु’ निर्माण गरेकी करिश्मा अहिले ‘बनवास’ बनाउने तयारीमा छिन् । करिव एक दशक अमेरिकामा समेत बिताएकी उनले नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्राको थालनी गरेकी थिइन् । तर उनको राजनीतिक यात्रा भने सुखद हुन सकेन । अहिले उनी राजनीतिलाई पूर्णविराम दिएर फिल्म निर्माण र अभिनयमा क्रियाशील छन् ।

राजनीतिक पार्टीमा रहँदा शिक्षामा कमी भएको कारण बिभिन्न घोचपेच सहन बाध्य उनले पछिल्लो समयमा अध्ययनलाई समेत अगाडि बढाइरहेकी छिन् । उमेर ४७ लागे पनि आज पनि उनको सुन्दरता भने १८, १९ को जस्तो देखिन्छ । त्यसको राज उनी खानपिन र सन्टुष्टी भएको बताउँछिन् ।

फेसनको माहोलमा पनि निकै सजग करिश्मा जहाँ पुग्छिन्, त्यहाँ उनको सौन्दर्य र फेसनको चर्चा हुने गर्दछ । आज देशभर नेकपा प्रचण्ड नेपाल समूहको बन्दका कारणले पनि उनले जन्मदिनको विशेष कार्यक्रम केही राखेकी छैनन् । जन्मदिन उनी सामान्य तवरले आफन्त माझ सेलिब्रेसन गर्दैछिन् ।  सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागिरहेको छ ।
 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप