आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जनकपुर झडप : प्रहरीको टाउको फुट्यो, पूर्वमन्त्रीपनि घाइते

बिहीबार, २२ माघ २०७७, १४ : ४७
बिहीबार, २२ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको आम हड्तालका क्रममा जनकपुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । जनकपुरको शिवचोकमा प्रहरीले प्रदर्शनकारीलाई अवरोध गर्न खोज्दा भएको झडपमा दुवैतर्फ घाइते भएका हुन् । 

अन्दोलनकारीतिर नेकपाका नेता रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साह लगायत घायते भएका छन् । नेता झाको टाउको र यादवको खुट्टामा चोट लागेको छ । झडपमा प्रहरी जवान लालबाबु राय गम्भीर घाइते भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप