उद्योग वाणिज्य महासंघको व्यापार मेला समिति विस्तार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य नरेन्द्र कुसमार खड्काकोे सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अवाल र नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल चयन भएका छन् ।
समितिका अन्य सदस्यहरूमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिमिल्सिना, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजु, ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बज्राचार्य र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका महासचिव रमानाथ श्रेष्ठ चयन भएका छन् ।
त्यसै, समितिको विशेष आमन्त्रितहरुमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का, विर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, प्यूठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपतिबहादुर खड्का, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोब्रेन तौजले, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, ईटहरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष गायत्री कटुवाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य लोकमान शाक्य, सोही संघका पूर्व कार्य समिति सदस्य राकेश मुल्मी चयन भएका छन् ।
त्यस्तै धादिङ उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य अनिल कोइराला, ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रलाल मास्के, नेपाल निर्यात परिषदका अध्यक्ष हरि कार्की, नेउवा महासंघ प्रदेश १ का सदस्य रविनकुमार दाहाल, आनका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठ, नेपाल फुटवेयर म्यानुफ्याक्चरिङ एसोसिएसनका उपाध्यक्ष उत्तम अधिकारी, नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्य, केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष धिरज थपलिया, नेपाल वोटल वाटर्स एसोसिएसनका अध्यक्ष सुवास भण्डारी, नेपाल अदुवा उत्पादन तथा व्यवसायी संघका सदस्य सार्थ बाहनन्द शाक्य चयन भएका छन् ।
यता समितिको सल्लाहकार सदस्यहरूमा भने महासंघको कार्यकारिणी समितिका सदस्यहरू दिलसुन्दर श्रेष्ठ, मनिषलाल प्रधान, अभिनाश बोहोरा, अरुणराज सुमार्गी, राजेन्द्र राउत, कृष्णलाल महर्जन, नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, ई.देशवन्धु बस्नेत (अजित), भक्तबहादुर हमाल, बाबुराम गिरी, हेमराज ढकाल र ज्योत्साना श्रेष्ठ र विशेष सल्लाहकारमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा चयन भएका छन् । महासंघको व्यापार तथा मेला समितिलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मेला महोत्सव मुलुकको अर्थतन्त्रको ऐना भएकाले यसलाई व्यवस्थित गर्न एक अन्तर्राष्ट्रिय प्रदर्शनी कक्षको आवश्यक रहेको बताए ।
‘मुलुकको आर्थिक क्षमता देखाउने माध्यम नै मेला महोत्सव हो । मेला महोत्सवले आर्थिक गतिविधि विस्तार, उत्पादन विविधिकरण र नविनतम उद्यमशीलताको प्रवद्र्धनमा समेत सहयोग पुर्याउँछ । तर अहिले पनि हामी दशकौं पूरानो प्रदर्शनीस्थलमा मेला महोत्सव आयोजना गर्न बाध्य छौं ।’ अध्यक्ष गोल्छाले भने,‘यसको समाधानका लागि मुलुकभित्र एक विश्वस्तरको प्रदर्शनी कक्षको खाँचो छ ।’
जसको व्यवस्थापनका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गर्न समेत तयार रहेको अध्यक्ष गोल्छाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ