आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भर्खरै आइपिओ जारी गरेको इन्फ्रास्टक्चर बैंकको नाफा घट्यो

बिहीबार, २२ माघ २०७७, १२ : ५०
बिहीबार, २२ माघ २०७७

काठमाडौं । हात खाली नगराउने आइपिओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घटेको छ । बैंकले साढे १२ प्रतिशतले नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेर ३५ करोड २२ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ४० करोड २७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो । 

सञ्चालन नाफा पनि १२.३१ प्रतिशतले घटेर ५० करोड ३५ लाख ७६ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष बैंकले ५७ करोड ४३ लाख २० हजार रुपैयाँ कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले नाफा खुम्चिएको हो । खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ६१ करोड ७१ लाख ३३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 

पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी पनि ८४ पैसाले घटेर ५ रुपैयाँ ८७ पैसा कायम भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७१ पैसा थियो । पुस मसान्तसम्म १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले भर्खरै आइपीओ जारी गरेको हो । आइपीओ जारी पछि पुँजी २० अर्ब रुपैयाँ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप