आमहड्तालले प्रदेश २ को जनजीवन प्रभावित, १७ जना बन्दकर्ता पक्राउ
बिहीबार, २२ माघ २०७७, १२ : ०२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले घोषणा गरेको आमहड्तालको प्रभाव प्रदेश २ को ८ वटै जिल्लामा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको विरोधमा प्रचण्ड–माधव पक्षले आमहड्तालको घोषणा गरेको हो । बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।
हड्तालका कारण पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी सहितका सदरमुकाममा बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ता बन्द बन्द गराउँदै हिँडेका छन् । सो क्रममा पर्सा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
आमहड्तालले प्रदेश नम्बर २ मा लामो तथा छोटो दुरीका सवारी साधनसहित विद्यालय, कलकारखाना लगायतका क्षेत्रहरु ठप्प भएका छन् ।