बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आमहड्तालले कैलालीका मुख्य बजार ठप्प, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २२ माघ २०७७, ११ : ४०
बिहीबार, २२ माघ २०७७

नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालका कारण कैलालीका मुख्य बजारहरु ठप्प भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम तथा नियुक्तिकाविरुद्ध गरिएको आमहडतालका बजार ठप्प भएका हुन् ।

 बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधनहरु चल्न सकेका छैनन् भने  शैक्षिक संस्था, सार्वजनिक यातायता सेवा लगायत पनि बन्द छन् । 
नेकपाका प्रचण्ड–नेपाल समूहका नेता रमेश धामीले बिहानैदेखि चोकचोकमा नेता कार्यकर्ता भेला भएको बताए । बन्दकर्ताले कैलालीको क्याम्पस चौकमा टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन् । 

अहिलेसम्म कैलालीमा कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप