आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतमा आन्दोलनकारीको कुटपिटबाट एक घाइते

बिहीबार, २२ माघ २०७७, ११ : १९
बिहीबार, २२ माघ २०७७

सुर्खेतमा नेकपाको माधव–प्रचण्ड समूहले आह्वान गरेको आमहड्तालका क्रममा बन्द उलंघन गरेको भन्दै एक सर्वसाधारणमाथि कुटपिट भएको छ । आन्दोलनकारीको एक समूहले स्थानीय इगरब्रीज बोर्डिङ स्कुल नजिकै सर्वसाधारणालाइ कुटपिट गरेका हुन् ।

दैलेखको भैरवी गाउँपालिका –१, जोरासिंह विष्टलाई आन्दालनकारीहरुले कुटपिट गरि घाइते बनाएका हुन् । विष्ट मोटरसाइकलमा सवार थिए । एयरपोर्ट चोकदेखि बजारतर्फ अत्यावश्यक काममा हिँडिरहेको बेला आन्दालनकारीले मोटरसाइकल रोकेर कुटपिट गरेको विष्टले जानकारी दिए ।

उनको मुख, हात र ढाडमा चोट लागेको छ भने विष्टले लगाएको ज्याकेट समेत च्यातिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न आन्दोलनकारीको खोजी भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप