बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड–नेपाल पक्षको आमहड्तालको प्रभाव बुटवलमा यस्तो देखियो (तस्बिरमा हेर्नुहोस्)

बिहीबार, २२ माघ २०७७, ११ : ०६
बिहीबार, २२ माघ २०७७

नेकपाको प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालको प्रभाव लुम्बिनी प्रदेशको प्रमुख सहर बुटवलसहित विभिन्न स्थानमा परेको छ । बन्दकर्ताले बुटवलका विभिन्न स्थानमा सडक अवरुद्ध बनाएका छन् । बुटवलको बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने मोटरसाइकल लगायत केही निजी सवारीसाधन फाट्टफुट्टमात्रै चलेका छन् । 

 लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख डम्मर बिकले बसपार्कका काउन्टरहरु बन्द रहेको बताए । उनले अलपत्र परेका ठुला सवारी सधानहरुलाई एक जिल्लाबाट अर्को जिल्लाबीच  समन्वन गरेर  सुरक्षासहित गन्तव्यमा पुर्याउने व्यवस्था मिलाएको रातोपाटीलाई बताए । 

प्रहरीले आमहड्ताल गराउँदै हिँडेका प्रचण्ड–नेपाल समूहका केही कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । 

बुटवलमा बन्दको प्रभाव तस्बिरमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप