शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व क्यान्सर दिवसः क्यान्सरसँग लड्न मद्दत गर्ने यस्ता ८ खानेकुरा

बिहीबार, २२ माघ २०७७, १० : १८
बिहीबार, २२ माघ २०७७

हरेक वर्ष फेब्रअुरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाइन्छ । यो दिन मनाउनुको मुख्य उद्देश्य मानिसहरुलाई क्यान्सर रोगबारे जागरुक गराउनु हो । खानपिनका कुनै पनि वस्तुले क्यान्सरबाट पूर्ण रुपमा बचाउन सक्दैन तर यस्ता केही खाना छन् जसमा क्यान्सर विरोधी तत्व पाइन्छन् र यी खानेकुरा खाएर क्यान्सरको सम्भावना कम हुने गर्छ । आउनुहोस्, यस्ता खानेकुराबारे जानकारी लिऔं । 

विभिन्न रङका फलफूल तथा तरकारीः

क्यान्सरसँग लड्न फलफूल तथा तरकारीलाई निकै फाइदाजनक मानिन्छ । विभिन्न रङका फल र सागसब्जीमा थुप्रै पोषक तत्व पाइन्छ । फलफूल र सागसब्जीले हरेक प्रकारको क्यान्सरको सम्भावना कम गर्छ । आफ्नो डाइटमा गहिरो रातो, गहिरो हरियो र सुन्तला रङका सागसब्जी समावेश गर्नुहोस् । 

फोलेटयुक्त खानेकुराः

फोलेट एक महत्वपूर्ण भिटामिन बी हो जसले आन्द्रा, मलाशय र स्तन क्यान्सरबाट जोगाउँछ । आफ्नो ब्रेकफास्टमा बढीभन्दा बढी फोलेटयुक्त खानेकुरा समावेश गर्नुहोस् । फोलेटको मात्रा बढाउनका लागि सुन्तलाको जुस, खरबुजा र स्ट्रबेरी खानुहोस् । यसबाहेक अण्डा, गेडागुडी, सूर्यमुखी फूलका बिउ र पालुङ्गो पनि फोलेटको निकै राम्रो स्रोत हो । 

गोलभेडाः

विभिन्न अनुसन्धानका अनुसार गेलभेडामा पाइने लाइकोपीले प्रोस्टेटदेखि अन्य विभिन्न प्रकारको क्यान्सरबाट जोगाउँछ । यसबाहेक गेलाभेडाले बनेका प्रोसेस्ड फूड जस्तै जूस, सस वा पेस्टले क्यान्सरसँग लड्ने क्षमतालाई बढाउँछ

ग्रीन टीः

ग्रीन टीलाई क्यान्सरसँग लड्नमा निकै सहयोगी मानिन्छ । अनुसन्धानमा पाइए अनुसार ग्रीन टीले आन्द्रा, कलेजो, स्तन र प्रोस्टेट सेल्सलाई क्यान्सरबाट जोगाउँछ । यसले फोक्सोको तन्तु र छालामा पनि राम्रो प्रभाव पार्छ । ग्रीन टीले मूत्रथैली, पेट र प्यानक्रियाटिक क्यान्सरको खतरालाई पनि कम गर्छ । 

अंगुरः

अंगुर र यसको रसमा रेसवेराट्रल नामको यौगिक तत्व हुन्छ । रेसवेराट्रलमा बलियो एन्टिअक्सिडेन्ट र एन्टी इन्फेलेमेटरी गुण पाइन्छ । रेसवेराट्रल क्यान्सरका कारण कोसिकामा हुने क्षतीबाट यसले जोगाउँछ । 

पानी र अन्य तरल पदार्थः

पानीले तिर्खा मात्रै मेटाउँदैन, यसले मूत्रथैलीको क्यान्सरबाट पनि जोगाउँछ । खानामा तरल पदार्थको मात्रा बढाउँदा पिसाब अत्यधिक लाग्छ र यसका कारण मूत्रथैली सधैं सफा रहन्छ जसले क्यान्सरको सम्भावना कम गर्छ । 

राजमाः

राजमामा क्यान्सर विरोधी गुण हुन्छन् । यसमा थुप्रै गुणकारी केमिकल्स हुन्छन् जसले ती कोसिकालाई क्षती हुनबाट जोगाउँछ जसका कारण क्यान्सर हुन्छ । शोधका अनुसार राजमामा पाइने पोषक तत्वले ट्युमर बढ्नबाट जोगाउँछ । 

बन्दाः

ब्रोकली, बन्दालगायतका तरकारीमा यस्ता पोषक तत्व पाइन्छ जसले शरीरलाई हरेक प्रकारको क्यान्सरबाट जोगाउँछ । यसलाई हल्का फ्राइ गरेर वा सलादको रुपमा खानामा समावेश गर्न सक्नुहुन्छ । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप