शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट थप १३२२ को मृत्यु

बुधबार, २१ माघ २०७७, २३ : ३१
बुधबार, २१ माघ २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप १३२२ को निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन मंगलबार १४४९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो एकसाताभित्र बेलायतमा  सात हजार ४८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ९ हजार ३३५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा १९ हजार २०२ जना नयां संक्रमित थपिएका छन् । अघिल्लो दिनको  तुलनामा संक्रामित संख्यामा केहि वृद्धि भएको छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ७१ हजार ८२५ पुगेको छ । गएको एकसातामा एक लाख ५६ हजार ७७१ जना संक्रमित थपिएका हुन् ।

केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख  छ  । हाल यहाँका अस्पतालमा ३२ हजार ८५१ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ६३८ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

खोप लगाउनेको संख्या १ करोड नाघ्यो

बुधबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एक करोड भन्दा बढी मानिसहरुले  कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड २१ लाख ४६  हजार ४७१ जनाले खोपको पहिलो डोज लिएका छन् । जसमध्ये चार लाख ९८ हजार ९६२ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । हाल जारी गरिएको खोप तीन हप्ताको फरकमा दुई डोज लगाउनुपर्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप