प्रतिगमन तीब्र वेगमा अघि बढेको छ प्रतिवाद गर्न ढिलो नगरौं: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संवैधानिक अंग र आयोगहरुको असंवैधानिक नियुक्ति ओली प्रतिगमनको अर्को किस्ता मात्रै भएको बताएका छन् । केपी ओली नेतृत्वको सरकारले बुधबार गरेको संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्ति विरोध गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।
बुधबार साँझ ट्वीट गर्दै भट्टराईले जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिधिसभा भंग गरेर शुरु भएको प्रतिगमन अब किस्ता किस्ता हुँदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र बेगमा अघि बढेको बताएका छन् ।
उनले भनेका छन्- ‘संवैधानिक अंग र आयोगहरूको असंवैधानिक नियुक्ति ओली प्रतिगमनको अर्को किस्ता मात्रै हो। जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिसभा भंग गरेर शुरू भएको प्रतिगमन अब किस्ता किस्ता हुॅदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र वेगमा अघि बढेको कटुसत्य बुझ्न र प्रतिवाद गर्न ढिलो नगरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा