बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक सन्की शासकका कारण संविधान समाप्त हुने दिने छैनौं : मुख्यमन्त्री राउत

भुक्तानी नदिनेमाथि अवहेलना मुद्दा चलाउछौँ : सभामुख यादव
बुधबार, २१ माघ २०७७, २० : ४६
बुधबार, २१ माघ २०७७

जनकपुर । प्रदेशसभाको तेश्रो वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको कडारुपमा विरोध भएको छ । बुधबार जनकपुरधामस्थित प्रदेशसभामा आयोजित वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले लामो संघर्ष र हजारौँले शहादत प्राप्त गरेपछि आएको लोकन्त्र, गणतन्त्र, समावेशी र समानुपातिक उपलब्धीलाई रक्षाका लागि अग्रसर हुन सबैमा आग्रह गरे ।

उनले संविधानमा रहेका प्राप्त उपलब्धीका लागि र अझै बाँकी रहेका अधिकार र पहिचानका लागि समेत आन्दोलनको आवश्यक रहेको बताए । उनले ओलीले सत्ता बचाउनकै लागि विभिन्न तिकड्मवाजी गरेर सत्ता लम्बाउने दाउमा रहेको आरोप समेत लगाए ।

मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई संकेत गर्दै उनले भने, 'कुनै एक सन्की व्यक्तिको सनकपनाको कारण मुलुक र संविधानलाई हामी समाप्त हुने दिनेवाला छैनौं ।'

हजारौँ जनताको बलिदानी र मधेश आन्दोलनसहित विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी संविधानको जगमा बनेको संघीयतालाई समाप्त पार्नमा लागिएको छ । तर हामी लोकतान्त्रिक शक्ति मुलुक र संघीयतालाई जोगाउन संघर्ष जारी राख्ने छौं ।

उनले भने, 'केही राजनीतिक दलपनि चुनावको अवसरमा छन्, आँप झरेपछि खाउँला जस्तै तर त्यो तिनको दिवास्वपन हो कुनै जरुरी छैन सबै सीट तिनलाई भेट्नेछ । हामी चुनावबाट डराउदैनौं, हामी लोकतान्त्रिक पार्टी हौं तर संविधानलाई कसैलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि मिच्न दिँदैनौँ ।'

उनले लोकतान्त्रिक शक्तिहरु एकजुट भए एक घण्टामै त्यस्ता सन्की व्यक्तिलाई उखालेर फ्याक्ने बताए । तर केही दलको पदीय भ्रमको कारण ढिलाई भइरहेको भन्दै मुलुक र संघीयता जोगाउन जसपाको आन्दोलनलाई सबै लोकतान्त्रिक शक्तिले सहयोग पुर्याउन आवश्यक रहेको बताए ।

अर्को प्रसंगमा उनले प्रदेश भित्र वितेको ३ वर्षमा विकास निर्माणमा स्थानीय तहको कुनै भूमिका नरहेको भन्दै गुनासो समेत गरे । मुख्यमन्त्री राउतले १५ वर्षसम्म जनप्रतिनिधि विहिन पश्चात स्थानीय तहमा बनेका जनप्रतिनिधिले कुनै विकासको काम गर्न सकेनन् भने ।

प्रदेश सरकारले वितेको ३ वर्षमा कानून निर्माण देखि विकास निर्माणमा ठूलो फड्को मारेको दाबी गरे । उनले आउदो १५ वर्षसम्मका लागि कामहरु आफ्नो कार्यकालमा सम्पन्न गरिसक्ने बताए ।

भुक्तानी नदिनेमाथि अवहेलना मुद्दा चलाउछौँ : सभामुख यादव

प्रदेश २ प्रदेशसभाका सभामुख सरोज कुमार यादव प्रदेश सरकारसंग असन्तुष्टि जनाएका छन् । उनले उपभोक्ता समिति मार्फत प्रदेशसभामा भएको कामको भुक्तानी अहिले सम्म नभएको प्रति आक्रोस व्यक्त गरे । 
उनले सात दिन भित्रमा भुक्तानी नगरिए प्रदेशसभाको अवहेलना मुद्दामा जेल हाल्ने मन्त्री तथा कर्मचारीहरुलाई चेतावनी समेत दिए ।

उनले अब पनि भुक्तानी नभए आफु चुप लागेर नबस्ने भन्दै सभामुख यादवले कुनै मन्त्रालयलाई भुक्तानी गर्न सक्दिन भन्ने यो के हो भन्दै प्रतिप्रश्न गरे । सभामुख यादवले भने, ‘मेरै संयोकत्वमा संसदीय विशेष छानविन समिति बन्यो र भुक्तानीको निर्णय गर्यो, तर अझै कार्यान्वयन भएको छैन, सम्मानित सदन भनिएपनि व्यवहार खोई त ?’

प्रदेश प्रमुख परियारद्वारा प्रदेशसभा सदस्यको प्रशंसा

प्रदेश प्रमुख तिलक परियारले प्रदेश नम्बर २ अन्य प्रदेश भन्दा तुलनात्मकरुपमा  नमूना रहेको बताए । उनले यहाँका प्रदेशसभा सदस्यहरु काम गर्न आतुर रहेको बताए ।

उनले भने संघीयता ल्याउनमा प्रदेशका आम जनताको प्रमुख भूमिका रहेकोले ती आम जनताको भावना अनुरुप नै यहाँका सरकार र सांसदहरुले काम गर्दै गए देशकै नमूना प्रदेश बन्ने छ ।

यस कार्यक्रममा यस वर्षको उत्कृष्ट सांसदको पुरस्कार प्रदेशसभा सदस्य परमेश्वर साह र उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदेशसभाका उप सचिव अरुण कुमार झालाई प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप