शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड-नेपाल समूहलाई आमहड्ताल फिर्ता लिन आग्रह

बुधबार, २१ माघ २०७७, २० : ३३
बुधबार, २१ माघ २०७७

काठमाडौं । व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन् । 

प्रचण्ड माधव पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै विहिबारका लागि देशव्यापी आमहड्तालको घोषणा गरेपछि व्यवसायीहरुले बन्दले सर्वसाधरणले दुःख पाउने भन्दै हड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।

कोरोनाका कारण लामो समय बन्द रहेको ब्यापार व्यवसाय भर्रखरै चलायमान हुन थालेको बेला यस्ता बन्द हड्तालले झन ठूलो असर गर्ने भन्दै उनीहरुले हड्तालको विकल्प खोज्न आग्रह गरेका छन् । 

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सर्वसाधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुन्ठित हुने गरि कुनै पनि प्रकार को वन्द हड़ताल जुलूस सभा नगर्न दलहरूलाई आग्रह गरे ।

उनले नयाँ संविधान जारी भएपछि सबै दलहरूले बन्द हड़ताल नगर्ने भनि गरेको प्रतिबद्धता पनि स्मरण गराए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, अटोमोवाइल्स एसोसियसन अफ नेपाल ९नाडा०को अध्यक्षमा कृष्ण प्रसाद दुलाललगायतले पनि बन्द फिर्ता लिन प्रचण्ड–नेपाल समूहलाई सुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप